प्रदेश ३ मा स्थायी राजधानी पारित गराउन प्रदेशसभा सचिवालय तयारी अवस्थामा

बाइलाइन नेपाल
२० पुष २०७६, आईतवार १७:१७

हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी र नामलाई प्राथमिकतामा राखेर भोली पुस २१ गतेबाट प्रदेशसभा बैठक सञ्चालन हुने भएको छ । प्रदेशसभाको पाँचौ अधिवेशनका लागि प्रदेशसभा सचिवालय तयारी अवस्थामा रहेको सभामुख सानुकुमार श्रेष्ठले बताए ।

आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख श्रेष्ठले भोली पुस २१ गतेबाट सञ्चालन हुन लागेको प्रदेशसभा बैठकको सबै तयारी भएको जानकारी दिए । राजधानी र नामको विषयले सभामा प्राथमिकता पाउने भएकाले त्यस सम्वन्धमा आवश्यक तयारी सचिवालयले गरिरहेको उनले बताए ।

प्रदेशसभा बैठकको सुरुवातदेखि राजधानी चयनका लागि निर्वाचन प्रक्रियासम्मको तयारी सचिवालयले गरिरहेको सभामुख श्रेष्ठले जानकारी दिए । सोमबार दिउँसो कार्यव्यवस्था समितिको बैठकले सभामा पेश गर्ने विषयवस्तु निर्णय गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*