नेकपाका सांसद हेटौंडाकै पक्षमा, पार्टीको निर्देशन विरुद्ध नजाने

बाइलाइन नेपाल
१९ पुष २०७६, शनिबार १४:०८

हेटौंडा । अहिले प्रदेश ३ को स्थायी राजधानी र नामको विषयलाई लिएर नेकपा प्रदेश ३ को संसदीय दलको बैठक हेटौंडा भइरहेको छ । शुक्रबारबाट भएको बैठक आज पनि जारी छ । बैठकमा केही सांसदहरुले पार्टी सचिवालयको निर्णयलाई लिएर आपत्ती जनाए पनि पार्टीको निर्णय र निर्देशन विरुद्ध नजाने बताएका छन् ।

केही सांसदले राजनीतिक हिसाब र केहीले कुनै समयमा भएका चित दुखाइका कारण हेटौंडालाई राजधानी कायम गर्ने निर्णयको विरोध गरेपनि अन्तमा पार्टीको निर्देशन विरुद्ध जान नसक्ने बताएका छन् । विभिन्न कारणले विरोधमा उत्रिएपनि अन्तमा सचिवालयको निर्णलाई मान्नुको विकल्प नभएको सांसदहरुको भनाइ छ ।

हेटौंडालाई स्थायी राजधानी बनाउने सचिवालयको निर्णयको भन्दा पनि प्रक्रिया र पद्दतीको विरोध गरेको एक सांसदले बताए । उनले भने–‘भुगोल भन्दा पनि संविधान अनुसार विधि र प्रक्रिया भएन भन्ने मात्र हो । तर पार्टीकै निर्णय विरुद्ध जान सकिदैन । सचिवालयको निर्णयलाई मान्नुको विकल्प नभएको उनले बताए ।’

बैठक तथा अन्य मञ्चहरुमा असन्तुष्टि राख्नु र प्रदेशसभामा मतदान गर्नुमा फरक रहेको एक सांसदले बताए । ‘ सबै निर्णय सबैलाई मान्य नहुन सक्छ तर पार्टीको निर्णय र निर्देशन मानेर मत प्रयोग गर्नु बाहेक अरु उपाय छैन । कम्युनिष्ट कार्यकर्ताले पार्टीको निर्णय र निर्देशन नमान्ने भन्ने कुरै हुँदैन । अन्तमा सबै मिल्छ’– उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*