नेकपा प्रदेश ३ को संसदीय दलको बैठक भोलीसम्मलाई स्थगित

बाइलाइन नेपाल
१८ पुष २०७६, शुक्रबार २०:३६

हेटौंडा । नेकपा प्रदेश ३ को संसदीय दलको बैठक भोलीसम्मलाई स्थगित भएको छ । नेकपा सचिवालयले राजधानी र नामको विषयमा गरेको निर्णय र निर्देशन कार्यान्वयनका लागि बसेको बैठक भोली ( शनिबार) बिहान ११ बजेबाट फेरि सुरु हुने गरी स्थगन भएको हो ।

आज दिउँसो ३ बजे मुख्यमन्त्री डोरमणि पौडेल निवासमा संसदीय दलको बैठक सुरु भएको थियो । आजको बैठकमा १७ जना प्रदेशसभा सदस्यले राजधानी र नामका विषयमा आफ्नो मत राखेका थिए । भोली पनि प्रदेशसभा सदस्यको मत सुन्ने कार्यक्रम रहेको जनाइएको छ ।

बैठकको सुरुवातमा मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलले ऐजेण्डाका बारेमा जानकारी गराएका थिए । बैठकमा ऐजेण्डाका बारेमा जानकारी दिंदै मुख्यमन्त्री पौडेलले पार्टीको सचिवालयले गरेको निर्णय अनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वागमती कायम गर्न सबै एकजुट हुनुपर्ने बताएा थिए । उनले दुई वर्ष देखि चर्चामै सिमित भएको विषयलाई यही पुस २२ गतेसम्ममा सर्वसहमत रुपमा पारित गर्नुपर्ने उल्लेख गरे ।

नेकपाका सबै सांसदलाई उनले सचिवालयको निर्णयलाई एकमतले पारित गरेर राजधानी र नामको टुंगो लगाउँदै स्थायी मानसिकताबाट कामको सुरु गर्नुपर्ने बताए ।

बैठकमा नेकपा प्रदेश कमिटीका पदाधिकारीको पनि सहभागिता रहेको छ । प्रदेशसभा सदस्य समेत रहकी प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह इन्चार्ज हितबहादुर तामाङ र हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाललगायतकाको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*