नेपाली कांग्रेसले व्हिप नलाउने, नेकपा सचिवालयको निर्देशन खेदपूर्ण

बाइलाइन नेपाल
१८ पुष २०७६, शुक्रबार १९:४१

हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेशको संसदीय दलको बैठकले प्रदेशको राजधानी र नामको विषयमा छलफल गरेको छ । आज काठमाडौमा बसेको बैठकले प्रदेशको स्थायी राजधानी चयनका क्रममा प्रदेशसभा सदस्यलाई व्हिप नलगाउने निर्णय गरेको छ ।

प्रदेशसभाबाट जनताका प्रतिनिधिले चयन गर्ने विषय भएकाले राजधानी र नामको विषयमा ह्वीप नलगाई स्वतन्त्ररुपमा आफ्नो मत र अभिव्यक्ति दिन पाउने निर्णय गरेको संसदीय दलका नेता इन्द्र बानियाँले जानकारी दिए ।

यसैगरी बैठकले नेकपाको सचिवालयले प्रदेशको राजधानी र नामको विषयमा दिएको निर्देशनमा आपत्ती जनाएको छ । नेकपाले संविधानको मर्म र भावना विपरित संसदीय दललाई निर्देशन दिनु खेदपूर्ण भएको उल्लेख गर्दै प्रदेशको अधिकार प्रदेशसभाले नै प्रयोग गर्न पाउनुपर्ने कांग्रेसले निर्णय गरेको छ ।

बैठकले पुस २१ गते हेटौंडामा पूनः बैठक बस्ने र तत्कालिन समयमा के कस्तो रणनीतिबाट २२ गतेको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलले उपस्थिति जनाउने भन्नेमा निर्णय गर्ने जनाइएको छ ।

बैठकमा कांग्रेस प्रदेशसभा सदस्यहरुले स्थायी राजधानी र नामाकरणको विषयमा आआफ्नो मत राखेका थिए । प्रदेशसभाको बैठक पुस २१ गते बस्दै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*