प्रदेश ३ को नामप्रति सांसद ओम ग्लानको आपत्तीः गलत निर्णयको परिणाम गलत नै हुन्छ

बाइलाइन नेपाल
१४ पुष २०७६, सोमबार ०९:५१

हेटौडा । नेकपाको सचिवालयले प्रदेश ३ को नाम वागमती राख्ने गरी गरेको निर्णयप्रति प्रदेश सांसद ओमबहादुर ग्लानले आपत्ती जनाएका छन् । नेवाः ताम्सालिङ नाम राख्नु पर्ने भन्दै प्रदेशसभामा निवदेन दर्ता गराएका नेकपाकै सांसद ग्लानले वागमती नामप्रति आपत्ती जनाएका हुन् ।

नेकपा सचिवालयले प्रदेश ३ को नामाकरण बागमती राख्ने निर्णयले संविधानको बर्खिलाप गरेको उनको भनाइ छ । उनले भने–संबिधानले व्यवस्था गरेका सबै कुरालाई लत्याएर गरिएको निर्णयको ह्विपले गलत नजिर बस्ने भएकोले निर्णय सच्याउनु पर्छ । निर्णय गर्दा हेक्का रहनु पर्दछ, कि गलत निर्णयले परिणाम पनि गलत ल्याउँछ ।

संसद ग्लानले २०७६ जेष्ठमा सभामुख सानुकुमार श्रेष्ठलाई नौ आधार र कारण सहित निवेदन पेश गरेका थिए । त्यसलाई छलफल नै नगरी पुरै बेवास्ता गरेर अघोषित बन्देज गरेर नामाकरणको प्रस्ताबलाइ प्रभावित पार्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले आपत्ति जनाएका छन् ।

प्रदेश राजधानीको विषयमा उपसमिति बनाएर धेरै गृहकार्य गर्न सक्ने संसद सचिवालयले नामाकरणको ऐतिहासिक महत्व बोकेको विषयमा एक चोटी पनि छलफल गरेर निर्णय लिन नसक्नु दुःखद कुरा भएको भन्दै संसद ग्लानले अब के हामीले पार्टीको ह्वीप मान्नु पर्ने ? यो शोभनीय कुरा होइन, उनले भने ।

प्रदेशको नाम नेवाःताम्सालिङ राख्न संसद ओमबहादुर घलान र प्रतिमा श्रेष्ठले प्रस्तावकको रुपमा संसद रत्न प्रसाद ढकाल, प्रेम बहादुर तामाङ र सीता अधिकारीले समर्थकको रुपमा प्रदेश संसद सचिबालयमा दर्ता गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*