दीपेश जोशीद्वारा हेटौंडा जेसीजको अध्यक्षमा उम्मदवारी घोषणा

बाइलाइन नेपाल
१३ पुष २०७६, आईतवार १६:१४

हेटौंडा । लामो समयदेखि समाजसेवा र शिक्ष क्षेत्रमा लगानी गर्दै आएका दीपेश जोशी हेटौंडा जेसीजको अध्यक्षमा उठ्ने भएका छन् । वर्ष २०२० का लागि हुन लागेको नयाँ नेतृत्व चयनमा जोशीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

वर्ष २०१४ बाट हेटौंडा जेसीजमा लागेका जोशीले यस वर्ष सबैको साथ र सहयोगको अपेक्षा गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने योजना बनाएको जानकारी दिए । जेसीजमा लागेर दिएको जिम्मेवारी इमान्दारिपूर्वक निर्वाह गर्दै यहाँसम्म आइपुग्दा अब नेतृत्वका लागि जेसीजका सदस्यबाटै हौसला प्रदान भएकाले उम्मेदवारी घोषणा गरेको उनले उल्लेख गरे ।

वर्ष २०१९ मा कार्यकारिणी उपाध्यक्ष रहेका जोशी वर्ष २०१५ मा जेसीज सप्ताहको उत्कृष्ट कार्यक्रम संयोजक हुनसफल भएका थिए । वर्ष २०१६ मा उपाध्यक्ष भएर जिम्मेवारी निर्वाह गरेका जोशी वर्ष २०१७ मा शाखा सम्पादका रुपमा रहेका थिए ।

उम्मेदवारी घोषणा गर्दै जोशीले जेसीजको प्लेटफर्मबाट समाजलाई सकारात्मक परिवर्तनको भूमिका खेल्न आफुले उम्मेदवारी दिन लागेको बताए । जेसीजको गरिमालाई अझ उच्च राख्दै यसको भूमिका शसक्त र बलियो बनाउने आफु नेतृत्वमा आउन लागेको जोशीले बताए । नयाँ पुस्तालाई जेसीज मार्फत् सकारात्मक काम गर्न प्रोत्सान गर्नका लागि पनि आफ्नो नेतृत्व रहेको उनको भनाइ छ ।

उनले जेसीजका सदस्यहरुको साथ र सहयोगबाट अध्यक्षमा निर्वाचित भए उद्यमशिलताको विकासका लागि प्रभावकारी कार्यक्रम ल्याउने बताए । उनले जेसीआई हेटौंडाको व्यवस्थापनमा चुस्तदुरुष्तता ल्याउने उल्लेख गरेका छन् ।

नेतृत्वमा पुग्ने अवसर पाएमा जोशीले जेसीज भित्र भएका गुटको अन्त्य गरी सहभागितामूलक रुपमा कार्य योजना तयार पार्ने प्रतिवद्धता जनाएका छन् । उनले नयाँ र सिर्जनात्मक कार्यक्रमहरु ल्याएर युवाहरुलाई संस्था प्रति आकर्षति र जिम्मेवार बनाउनेलगायतका काम गर्ने जोशीले बताए ।

दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने र नयाँनयाँ रचनात्मक योजना र कार्यक्रम ल्याउने क्षमता भएकाले जोशीले नै नेतृत्व गर्ने हेटौंडा अधिकांश जेसीजका सदस्यहरुको धारणा रहेको पाइन्छ । उनले नेतृत्वका लागि जेसीजका सबै सदस्यको साथ र माया आवश्यक रहेको बताए ।

विद्यालयहरुमा पुस्तकालय निर्माणमा सहयोग गर्दै आएका जोशीले वर्ष २०१६ बाट विश्वज्योति निमाविलाई एकजना शिक्षक बापत मासिक दश हजार निरन्तर सहयोग गर्दै आएका छन् ।

जेसीआई हेटौंडाको अध्यक्ष पदमा यसअघि राजदेव बानियाँले उम्मेदवारी घोषणा गरिसकेका छन् । जेसीजको ४१ औं वार्षिक साधारणसभा पुस १८ गते हेटौंडामा हुँदैछ । साधारणसभापछि नयाँ नेतृत्व चयनको कार्यक्रम रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*