इन्द्रसरोवरमा भएको सुमो दुर्घटनाका ५ जना मृतकको पहिचान खुल्यो

बाइलाइन नेपाल
११ पुष २०७६, शुक्रबार १९:२८

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौँ’ सडकखण्डमा सुमो दुर्घटना हुँदा मृत्यु हुने ६ जानमध्ये केहीको पहिचान खुलेको छ ।

दुर्घटनामा परी माउन्ट एभरेस्ट बोर्डिङ स्कुल चन्द्रनिगाहपुरका शिक्षक मनिस विक र उनकी श्रीमती सृजना विक, रौतहट चन्द्रपुर मिलनचोकका केदार तिमल्सिना, सप्तरीको नेत्र बहादुर विक र उनकी श्रीमतीको मृत्यु भएको छ । अर्का एकजनाको भने पहिचान खुलेको छैन ।

रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र थप तीनजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए ।

सुमोमा सवार गम्भीर घाइते ३ जनाको काठमाडौमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ललन राउत कुर्मीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*