मउवासंघका सदस्यलाई चुरेहिलले उपचारमा छुट दिने

बाइलाइन नेपाल
११ पुष २०७६, शुक्रबार १७:५२

हेटौंडा । चुरेहिल अस्पतालले मकवानपुर उद्योग वाणिज्य संघका सदस्य तथा परिवारलाई औषधि तथा उपचारमा सहुलियत प्रदान गर्ने भएको छ ।

सहुलियत दिने सम्वन्धमा शुक्रबार संघ र अस्पतालबीच सम्झौता भएको छ । संघमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी अस्पतालले सहुलियत घोषणा गरिएको हो ।

सम्झौतामा ल्याबोरेटरी शुल्कहरुमा १५ प्रतिशत, औषधि शुल्कमा ७ प्रतिशत र अन्य सेवा शुल्कहरुमा १५ प्रतिशत सहुलियत दिने उल्लेख छ । नेपाल सरकारले लागू गरेको बीमा कार्यक्रममा सहभागीले भने यो सहुलियत नपाउने जनाइएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको सभा अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चुरेहिल हस्पिटलका अध्यक्ष गोकर्ण पराजुली, संघका महासचिव प्रमोद सिंह रानाभाट, कार्यसमिति सदस्यहरु दिवस पराजुली, राजाराम कार्की, कृष्ण ढुंगाना, कुलप्रसाद चौलागाई, त्यसैगरी हस्पिटलका संचालक नारायण लाल श्रेष्ठ, प्रशासन प्रमुख विवेक मानन्धको उपस्थिति रहेको थियो ।

अस्पताल अध्यक्ष पराजुलीले सदस्य स्वयम्को हकमा संघमा आवद्ध रही नविकरण गरेको प्रमाणित परिचयपत्र र सदस्यका परिवारका सदस्यहरुको हकमा उक्त परिचयपत्रको साथमा नाता प्रमाणित हुने सरकारी कार्यालयले उपलब्ध गराएको प्रमाण पेश गर्नुपर्ने बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेले मकवानपुर जिल्लाको स्वास्थ्य उपचारको क्षेत्रमा थप प्रगति आवश्यक रहेको औल्याउदै चुरेहिल हस्पिटलबाट उपलब्ध हुने छुट सुविधाले उद्योगी÷व्यवसायीहरुलाई राहत पुग्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*