प्रदेश ३ सरकारले यसरी स्वागत गर्दै छ भ्रमण वर्ष २०२० लाई

बाइलाइन नेपाल
११ पुष २०७६, शुक्रबार १५:२३

हेटौंडा । नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्षलाई प्रदेश ३ सरकारले विशेष कार्यक्रम गरेर स्वागत गर्ने योजना बनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै भ्रमण वर्ष सन २०२० को पहिलो दिन जनवरी फस्टमा प्रदेशका विभिन्न पर्यटकिय स्थलमा विशेष कार्याक्रमको आयोजना गरेर मनाउने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा उद्योग, पर्यटन, वन तथा वातावरण अरुणप्रसाद नेपालले भ्रमण वर्षलाई स्वगात गर्न जनवरी फस्टमा विभिन्न पर्यटकिय स्थलमा कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । प्रदेश ३ को मुख्य कार्यक्रम भने सौराहामा हुने उनले बताए । भ्रमण वर्षको पहिला दिन प्रदेश सरकारले नाकामा विदेशी पाहुनालाई स्वागत गर्ने कार्यक्रम राखेको छ । जसमा मायाको चिनो दिने, सांस्कृतिक खाना खुवाउने कार्यक्रम रहेको छ । जुन रसुवा नाका, तातोपानी नाका र चितवन विमान स्थलमा गर्ने मन्त्री नेपालले जानकारी दिए ।

प्रदेश सरकारले सौराहामा सडक सांस्कृतिक नृत्य र हात्ती वाक तथा हात्ती सुन्दरी प्रतियोगिताको आयोजना गरेको छ । हात्ती सुन्दरी प्रतियोगिता जनवरी ४ तारिकसम्म हुने जनाइएको छ । यसैगरी काठमाडौंको ठमेलमा डिसेम्बर ३१ तारिकका दिन सडक सांस्कृतिक नृत्यको आयोजना गरिएको मन्त्री नेपालले जानकारी दिए । जनवरी फस्टमा मकवानपुरको इन्द्रसरोवरमा स्तम्भ निर्माणको सुरुवात तथा काभ्रेमा शिलान्यास कार्यक्रम रहेको छ ।

यस्तै प्रदेश सरकारले नेपालकै एकमात्र जलाशय कुलेखानीमा प्यारग्लाइडिङ डिसेम्बर ३१ मा राखेको जनाइएको छ । जनवरी फस्टमा विमान मार्फत चितवनमा जाने पहिलो उडानका २० जनालाई प्रदेश सरकारले निःशुल्क जंगल तथा हात्ती सफारीलगायतका कार्यक्रम मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्री नेपालले यो कार्यक्रम भ्रमण वर्षको पहिलो दिन स्वागतका लागि आयोजना गरिएका कार्यक्रम भएको बताए । भ्रमण वर्ष भरिका कार्यक्रम मन्त्रालयले केही समयमै सार्वजनिक गर्ने उनले जानकारी दिए । उनले भ्रमण वर्षलाई सmल बनाउन स्थानीय तहले पनि आफ्नो स्थानबाट लाग्नुपर्ने उल्लेख गरे । मन्त्री नेपालले आफ्नै देशमा भएका रमणिय स्थानको भ्रमण गरेर मात्र विदेश घुम्न जान सबै नागरिकलाई आग्रह गरे ।

भ्रमण वर्षलाई सफल बनाउन प्रदेशका १३ जिल्लाका जिल्ला समन्वय समिति तथा स्थानीय तहका प्रमुखको नेतृत्वमा काम भइरहेको उनले जानकारी दिए । प्रदेश सरकारले अबको दब वर्षलाई पर्यटन पूर्वाधार विकासको वर्षका रुपमा लिएर काम गरिरहेको मन्त्री नेपालले बताए । दश वर्षमा प्रदेश भित्र रहेका सबै पर्यटकिय स्थलको पूर्वाधार निर्माण गरेर सबै सुविधासहित घुम्न योग्य स्थान बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।

प्रदेश सरकारले अहिले १० वटा हिल स्टेशन निर्माणको काम गरिरहेको मन्त्रालयले जनाएको छ । जसमा ककनी, चित्लाङ र मुढेको निर्माण यसैवर्ष सम्पन्न हुने जनाइएको छ । सिन्धुलीगढी, गुञ्जलापास, जिरीलगायतका स्थानको काम अघि बढिरहेको जनाइएको छ । यस्तै मन्त्रालयले १३ वटा पर्यटकग्रामको छनोट पनि सुरु गरेको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नोपलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*