यस्ता छन् मकवानपुरमा भ्रमण वर्ष २०२० लक्षित कार्यक्रमहरु (सूचिसहित)

बाइलाइन नेपाल
११ पुष २०७६, शुक्रबार १०:२०

हेटौंडा । यथेष्ट पर्यटकिय स्थल र प्रचुर पर्यटकिय सम्भावना रहेको मकवानपुरमा भ्रमण वर्ष २०२० मा लक्षित कार्यक्रमहरु सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

समितिका प्रमुख रघुनाथ खुलालले नोपल सरकारले सन २०२० लाई भ्रमण पर्षका रुपमा मनाउने घोषणा गरे अनुरुप मकवानपुरमा हुने कार्यक्रमका बारेमा जानकारी दिएका हुन् । उनले भ्रमण वर्ष सफल बनाउन र मकवानपुरका पर्यटकिय स्थलको थप प्रचारप्रचार गर्न विभिन्न कार्यक्रमको आयोजना गरिएको बताए ।

भ्रमण वर्षमा मकवानपुरमा हुने कार्यक्रममा जिससले मकवानपुरमा रहेका अधिकांश पर्यटकिय स्थलको चित्रसहितको ब्रोसर प्रकाशन गर्ने, जिससले बुद्धचोक, सहिद स्मारकमा होर्डिङबोड राख्ने, मनहरी गाउँपालिकाले लोथरमा, थाहा नगरपालिकाले टिस्टुङमा, इन्द्रसरोवरले हुमाने र वागमती गाउँपालिकलो झुरझुरेमा होर्डिङ बोर्ड राख्ने जनाइएको छ ।

यस्तै माघ १० गते मकवानपुरगढीमा विजयत्सोव मनाउने, सहित स्मारमा सहिद सप्ताह मनाउने, हेटौंडा राइडर्स क्लब्ले अफरोड च्याम्पियनशिप प्रतियोगिता गर्ने, इन्दसरोवरको कुलेखानी ताल माथि प्यालाग्याइडिङगर्ने लगायतका कार्यक्रमहरु रहेको प्रमुख खुलालले जानकारी दिए ।

यस प्रकार रहेका छन् भ्रमण वर्ष लक्षित कार्यक्रमहरुः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*