पार्टी परित्याग गरेपछि हिरासत मुक्त भए ज्वाला (विज्ञप्तीसहित)

बाइलाइन नेपाल
६ पुष २०७६, आईतवार १८:२८

हेटौंडा । विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पाटी (नेकपा) मकवानपुरका जिल्ला इन्चार्ज विरबहादुर घलान ज्वाला पार्टी परित्याग गरेसँगै हिरासत मुक्त भएका
छन् ।

विभिन्न मुद्दामा दोषी देखाउँदै राज्यले पक्राउ गरेर भीमफेदी कारागारमा राखेको थियो । केही दिन अघि छुटेसँगै फेरि पक्राउ परेका ज्वाला आज पाटी परित्याग गरेपछि हिरासत मुक्त भएका हुन् । उनले विज्ञप्ती जारी गर्दै विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाट अलग भएको बताएका छन् ।

आफु अब स्वतन्त्र रुपमा रहने र विप्लप नेतृत्वको पाटी परित्याग गरेको विज्ञप्तीमा उल्लेख छ । उनिसंगै मनहरी २ वस्ने राजकुमार पाख्रीन, थाहा नगरपालिका वडा नम्बर ८ वस्ने सुरज थिङले पनि पार्टी परित्याग गरी स्वतन्त्र रुपमा जिवनयापन गर्ने विज्ञप्ती जारी गर्दै घोषणा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*