मकवानपुरका चार सहकारीले पाए प्रोबेशन ब्राण्ड

बाइलाइन नेपाल
३ पुष २०७६, बिहीबार ०८:२९
Color Pages.cdr

हेटौंडा । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) ले नेपाल ब्राण्ड पाउने सहकारी संस्थाको नाम सार्वजनिक गरेको छ। मकवानपुरका चार वटा सहकारीले नेपाल स्तरको गुणस्तर मापदण्ड (प्रोबेशन ब्राण्ड) पाएका हुन् ।

नेफ्स्कूनको सञ्चालक समितिको बुधबार बसेको बैठकले मकवानपुरका चारसहित यस वर्ष ३४ वटा बचत तथा ऋण सहकारी संस्थालाई नेपाल स्तरको गुणस्तर मापदण्ड (प्रोबेशन ब्राण्ड) दिएको हो।

मकवानपुरबाट महिला जनचेतना साकोस, महिला जागरण साकोस, महिला मिलन साकोस, सक्रिय महिला साकोसले नेपाल स्तरको गुणस्तर मापदण्ड (प्रोबेशन ब्राण्ड) पाउन सफल भएका हुन् ।

नेफ्स्कूनले सदस्य साकोसहरुको दीगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चितताका लागि सञ्चालित नेपाल स्तरको ब्राण्डिङ गर्दै आएको नेफ्स्कुनका अध्यक्ष डीबी बस्नेत जानकारी दिए। उनले शुक्रबार काठमाडौंमा हुने साधारणसभामा ३४ वटै सहकारी संस्थाहरुलाई प्रोबेशन ब्राण्ड प्रदान गरिने जानकारी दिए।

नेफ्स्कुनद्धारा विकास गरिएको राष्ट्रियस्तरको प्रोबेशन कार्यक्रमको हाल नेपालमा २०० वटाभन्दा बढी सहकारी संस्था सहभागी रहेका नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार नेफ्स्कूनमा अहिले ३७२४ संस्था आबद्ध छन्।

यस वर्ष नेपालस्तरको मापदण्ड कायम गर्न सफल साकोसहरुमा एकिकृत फ्रेण्डसिप साकोस(दोलखा, ऐंचो पैंचो साकोस(काठमाडौं, कोलिय देवदह साकोस(रुपन्देही, गछिया साकोस(मोरङ, ग्रामिण साकोस( सल्यान, जनउत्थान साकोस(रुपन्देही, जनमुखी साकोस(दोलखा, नवजागरण साकोस(रामेछाप, नवप्रगती पृथ्वी साकोस(नवलपरासी सुस्ता पूर्व, नवविकास साकोस(रौतहट, परोपकार साकोस(नवलपरासी सुस्ता पूर्व, फुलवारी साकोस(प्यूठान, भिमकुल साकोस(गोरखा, महाप्रभु साकोस(दाङ, महिला जनचेतना साकोस(मकवानपुर, महिला जागरण साकोस(मकवानपुर, महिला मिलन साकोस(मकवानपुर, लुम्बिनी साकोस, नवलपरासी सुस्ता पश्चिम, लेकाली स्वावलम्बन साकोस(गुल्मी, लेटाङ साकोस(मोरङ , विरेन्द्रनगर साकोस(मोरङ, शिक्षक कल्याण साकोस(दोलखा, शिखर साकोस, सुर्खेत, श्रोत परिचालन साकोस(धादिङ, सक्रिय महिला साकोस(मकवानपुर, सप्तकोशी साकोस(गोरखा, सयपत्री साकोस(नवलपरासी सुस्ता पश्चिम, सामुहिक साकोस(भक्तपुर, सामुहिक विकास साकोस(रुपन्देही, सिको साकोस (बर्दिया, सिनर्जी साकोस(कपिलबस्तु, सुन्दरपुर साकोस(मोरङ, हरियाली साकोस(दाङ, हाम्रो मध्यवर्ती साकोस(बर्दिया रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*