प्रदेश ३ मा साइबर क्राइमका उजुरी बढ्दो

बाइलाइन नेपाल
२ पुष २०७६, बुधबार ०९:१०

सामाजिक सञ्जालको प्रयोगसँगै पछिल्लो समय साइबर क्राइमसम्बन्धी उजुरीको संख्या बढ्दो छ । सामाजिक सञ्जालको दुरुपयोगका कारण फेसबुक र इन्स्टाग्रामसम्बन्धी उजुरी प्रहरी कार्यालयमा दर्ताको संख्या बढ्दो क्रममा रहेको हो ।

फेसबुक र इन्स्टाग्राममा अश्लील शब्द, भिडियो, अडियो प्रयोग गर्ने, गालीगलौच र झुटो आइडी बनाउनेलगायत विभिन्न तरिकाबाट दुरुपयोग गर्नेको संख्या बढेसँग उजुरी दर्तामा वृद्धि भएको प्रदेश ३ प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । उनका अनुसार सहरी क्षेत्रमा यस्तो समस्या धेरै देखिएको छ । प्रदेश ३ का काठमाडौं, भक्तपुर र ललितपुरबाहेक १० जिल्लामध्ये मकवानपुर र चितवनमा धेरै उजुरी दर्ता भएको एसपी पौडेलले जानकारी दिए । गत आर्थिक वर्ष ०७५र०७६ भन्दा चाल आव ०७६र०७७ मा साइबर क्राइमका उजुरी धेरै हुने आंकलन गरिएको पौडेलले बताए ।

उनले उजुरीको संख्या बर्सेनि बढ्दो क्रममा रहेका कारण जनचेतनामूलक कार्यक्रम अघि बढाइएको दाबी गरे । केही उजुरी जिल्लामै छलफलबाट चेतावनीसहित टुंग्याउने गरिएको उनले बताए । गत आर्थिक वर्षमा १० जिल्लामा दर्ता भएका ६६ उजुरीमध्ये हालसम्म १४ वटा फस्र्योट भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दर्ता भएका सबै उजुरी फेसबुक र इन्स्टाग्रामसम्बन्धी छन् ।

चार महिनामा २२ उजुरी
चाल आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म मकवानपुर र चितवनमा मात्र उजुरी दर्ता भएका छन् । कार्यालयको तथ्यांकअनुसार चार महिनामा उजुरीको संख्या मकवानपुरमा २२ र चितवनमा तीनवटा छन् । बाँकी आठ जिल्लामा भने हालसम्म उजुरी दर्ता नभएको प्रदेश ३ प्रहरी कार्यालयका सूचना अधिकारी अरुण पौडेलले जानकारी दिए । उनले दर्ता भएका उजुरीमध्ये ६ वटा फस्र्योट भइसकेको बताए ।

मकवानपुर र चितवनमा धेरै, चार जिल्लामा शून्य
प्रदेश ३ प्रहरी कार्यालयको तथ्यांकअनुसार १० जिल्लामध्ये मकवानपुर र चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी धेरै दर्ता भएका छन् । गत आर्थिक वर्ष ०७५र०७६ मा प्रदेश ३ का चार जिल्लामा भने शून्य छ । कार्यालका अनुसार गत आर्थिक वर्षमा मकवानपुर र चितवनमा ३१÷३१ वटा उजुरी दर्ता भएका छन् । धादिङ, दोलखा, रामेछाप र रसुवामा उजुरीको संख्या १÷१ वटा रहेको छ । कार्यालयले काभे्र, सिन्धुली, सिन्धुपाल्चोक र नुवाकोटमा भने उजुरी दर्ता नभएको जनाएको छ । यो समाचार आजको नयाँ पत्रिकामा सुदपि शिवाकोटाीले लेखेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*