हेटौंडाको बजार क्षेत्रमा सडक विस्तार हुँदैनः मुख्यमन्त्री पौडेल

बाइलाइन नेपाल
२७ मंसिर २०७६, शुक्रबार १७:२१

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडा बजार क्षेत्रमा सडक विस्तार नहुने बताएका छन् । नारायणी यातायात व्यवसायी कम्पनिको प्रथम वार्षिक साधारण सभाको आज हेटौंडामा उद्घाटन् गर्दै उनले बजा क्षेत्रमा सडक विस्तार नहुने बताएका हुन् ।

बजार क्षेत्रमा २५।२५ मिटर दायाँबायाँ सडक विस्तार सम्भव नरहेको मुख्यमन्त्री पौडेलले उल्लेख गरे । उनले ३२ मिटर भने सडक चौडा गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेका कारण पनि बजार क्षेत्रमा १६।१६ मिटर दायाँबायाँ भने विस्तार गर्नुपर्ने पौडेलले उल्लेख गरे ।

बजारको मध्यभागबाट राजमार्ग नहुने उल्लेख गर्दै बाइपासलाई नै राजमार्गको रुपमा विकास र विस्तार गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री पौडेलले भीमफेदी–कुलेखानी सुरुङ निर्माणको काम अघि बढेको जानकारी दिए । उनले प्रदेश सरकारले सुरुङ निर्माण गरेर हेटौंडा–काठमाडौंको आवतजावतलाई छिटो र सरल बनाउने प्रतिवद्धता व्यक्त गरे ।

१० वर्ष भित्र डिजेल पेट्रोल मुक्त नेपाल बनाउने संघीय सरकारको लक्ष्य अनुरुप प्रदेश सरकारले ३० वटा विद्युतिय बस वैशाखबाट सुरू गर्ने योजना वनाई खरिद प्रक्रियामा गएको जानकारी दिए ।

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, राष्ट्रिय सभाका प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति  रामनारायण विडारी, राष्ट्रिय सभाका रामचन्द्र राई, प्रदेश सभाका सदस्य मुनु सिग्देल, नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, मकवानपुर बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष अनन्त पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नारायणी यातायात व्यवसायी कम्पनिका अध्यक्ष गोकर्ण पराजुलीको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*