आज साँझ मेघ गर्जनसहित पानी पर्ने, यस्तो छ तीन दिनको मौसमी अनुमान

बाइलाइन नेपाल
२७ मंसिर २०७६, शुक्रबार १५:११

इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझ नेपालको पश्चिमी भूभागमा प्रवेश गरेसँगै देशभरको मौसममा बदली भएको छ ।
उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात सँगै हल्ला वर्षा शुरु भएको मौसमविद्ले जनाएका छन् ।

शुक्रबार बिहानदेखि नै हेटौंडा, काठमाडौं उपत्यकासहित देशको विभिन्न भगमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ पानी पर्न सक्ने जनाएको छ। आज साँझ ६÷७ बजेतिर काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थनमा मेघ गर्जनसहित पानी पर्ने देखिएको मौसमविद्ले जनाएका छन् ।

पश्चिमी वायुको प्रभाव बिहीबारबाट अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपात भएको मौसमविद् मञ्जु वासीले बताइन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर २७ गते (शुक्रबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको संभावना रहेको छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू(भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमी भू(भागका केही स्थानमा हावा हुरी आउने पनि संभावना रहेको छ।

रातिस् देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। पश्चिमी उच्च पहाडी सहित हिमाली भू(भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू(भागमा हल्कादेखि मध्यम हिमपात हुने संभावना रहेको छ।

मंसिर २८ गते (शनिबार)

दिउँसोस् देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

रातिस् देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू(भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

मंसिर २९ गते (आइतबार)

दिउँसो देशको पश्चिमी भुभागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू(भागमा हल्का वर्षा हुने संभावना छ। हिमाली भू(भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

रातिस् देशको पश्चिमी पहाडी आंशिक देखि सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली भू(भागहरुमा हल्का हिमपात हुने संभावना छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*