हेटौंडामा पानी पर्यो, दामनमा हिमपातको सम्भावना

बाइलाइन नेपाल
२७ मंसिर २०७६, शुक्रबार ११:१७
फाइल तस्वीर

हेटौंडा । उच्च हिमाली क्षेत्रमा हिमपात भएसँगै प्रदेश ३ को अस्थायी राजधानी हेटौ.डासहित देशका अधिकांश स्थानमा पानी परेको छ । बिहानैबाट चिसो बढेको हेटौंडामा दिउसो ११ बजोबाट सिमसिम पानी पर्न थालेको छ ।

आज (शुक्रबार) बिहानैबाट चिसो बढेकाले जनविपन समेत प्रभावित भएको छ । दिउँसो पानी पर्न थालेपछि हेटौंडामा झन चिसो बढेको छ । पानी परेर चिसो बढेसँगै हेटौंडा बजारमा सर्वसाधारणको चापमा पनि कमी आएको छ । चिसोबाट बच्च न्यानो कपडाको प्रयोग बढेको छ ।

थाहा नगरको दामन, पालुङलगायतको क्षेत्रमा पनि चिसो अत्याधिक बढेको स्थानीयले बताएका छन् । बिहानैबाट पानी परिरहेको र चिसो एकदम बढेको दामनका विनोद लामाले बताए । तर अहिलेसम्म हिमपातको लक्षण भने अहिलेसम्म नभएको जानकारी दिए ।

सिमसिम पानी परिरहेकाले दामन, सिमभञ्ज्याङमा हिमपातको सम्भावना रहेको स्थानीय होटल व्यवसायीले बताएका छन् । सिमसिम पानी परिरहेमा हिमपात हुने सम्भावना बढी रहेने जनाइएको छ ।  फाइल फोटो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*