भीमफेदीमा १० किलो चरेस सहित दुई युवा प्रहरी फन्दामा

बाइलाइन नेपाल
२७ मंसिर २०७६, शुक्रबार १०:०९

हेटौंडा । मोटरसाइलमा लुकाई ल्याइएको १० किलो दुई सय ५० ग्राम लागुऔषध चरेस सहित २ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

भीमफेदीबाट हेटौंडातर्फ आउदै गरेको बा ४० प ७२४० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा भैसे–भीमफेदी सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका २ बाट बाराको पचरौटा नगरपालिका ७ बस्ने मोटरसाइकल चालक अरबिन्द कुमार पटेल र मोटरसाइकलमा सवार बाराकै आदर्श कोतवाल गाउँपालिका १ बस्ने सुल्तान मिया अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आज विहान जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै चरेश सहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो । प्रहरी चौकी भैसेबाट प्रहरी नायव निरीक्षक दिलिप कुमार सिंहको कमाण्डको चेकजाँचका क्रममा कालो झोलामा प्लास्टिकको टेपले बेरेर दश वटा पोकामा मोटरसाइकलमा लुकाइएको अवस्थामा चरेश फेला परेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*