हेटौंडाको टीसीएन रोडमा स्थानीयले लगाए सवारी संचालनमा रोक

बाइलाइन नेपाल
२७ मंसिर २०७६, शुक्रबार १०:०५

हेटौंडा । । हेटौंडा १० टिसिएन रोडमा सवारी संचालनमा स्थानीयले रोक लगाएका छन् । सडक निर्माण अलपत्र छाड्दा धुलोले स्वास्थ्यमा असर परेको र सवारीसाधन सञ्चालन तथा पैदल यात्रीलाई समेत असुरक्षा भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । अहिले उक्त रोड निर्माण कार्य ठप्प छ ।

निर्माण भइरहेको सडकको निर्माण कार्य छाड्दा धुलो उड्ने, सडकका ढुंगा उछिट्टिएर पेटीमा हिड्न समेत समस्या भएको भन्दै आफूहरु संघर्षमा उत्रिनु परेको स्थानीय व्यवसायी लालकाजी बज्रचार्यले जानकारी दिए ।

अख्तियारका कारण सडक निर्माण कार्य रोक्नुपरेको हेटौंडा उपमहानगरपालिकाले बताएपनि आफ्नो टोलको सडकका लागि आएको बजेट अन्तै पठाइएको भन्दै स्थानीयले विहान ८ बजेबाट सडकमा कुनै पनि सवारी साधन छिर्न नदिएका हुन् ।

सडक निर्माण कार्य सुरु नगरेसम्म आफूहरुले टीसीएनरोडमा सवारी साधन चल्न नदिने स्थानीयले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*