बन्दीहरुको अवस्थाबारे अध्ययन प्रतिवेदन

बाइलाइन नेपाल
२३ मंसिर २०७६, सोमबार १९:४४

हेटौंडा । ७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हेटौंडामा बन्दीको अधिकार तथा भीमफेदी कारागारका बन्दीहरुको अवस्थाबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको छ । हेटौंडामा आयोजना गरिएको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको अभियानसम्बन्धी कार्यपत्र प्रस्तुती पनि गरिएको थियो ।

कार्यक्रम नेपाल मानव अधिकार संगठन मकवानपुर, एम्नेस्टी इन्टरनेश्नल नेपाल समुह ६७ हेटौंडा र एम्नेस्टी फरेष्ट्री युथ नेटवर्क हेटौंडाले संयुक्त रुपमा आयोजना गरेको हो ।

कार्यक्रममा नेपाल मानव अधिकार संगठनका जिल्ला उपाध्यक्ष अधिवक्ता कृष्णप्रसाद भण्डारीले बन्दीको अधिकार तथा भीमफेदी कारागारका बन्दीहरुको अवस्थाबारे अध्ययन प्रतिवेदन र एम्नेस्टी इन्टरनेश्नल नेपाल समुह ६७ हेटौंडाकी कोषाध्यक्ष आशा ढकालले लैङ्गिक हिंसा अभियान, सेतो रिवन अभियान, लैङ्गिक हिंसा अन्त्यका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतिवद्धता एवं कानुनहरुका बारेमा प्रस्तुती गरेका थिए ।

कार्यक्रम जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश कमलराज विष्टको प्रमुख आतिथ्य तथा विजयकुमार बैद्यको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य बुद्धशरण लामा, उच्च वार एशोसिएसन हेटौंडाका अध्यक्ष युवराज ओली, जिल्ला न्यायधिवक्ता हरिप्रसाद भट्ट लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला वार एशोसिएसन मकवानपुरका अध्यक्ष ईश्वरी अधिकारी, उच्च सरकारी वकिल कार्यालय हेटौंडाका शाखा अधिकृत रमेश भट्टराई, मानव अधिकार तथा जनसरोकार समितिका अध्यक्ष मुकुन्द अधिकारी, लेखापढी कानुन ब्यवसायी एशोसिएसन मकवानपुरका अध्यक्ष पुर्णप्रसाद अर्याल, गैरसरकारी संस्था महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटा लगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*