सागमा बिजेता खेलाडीलाई प्रदेश ३ सरकारले नगदसहित सम्मान गर्ने

बाइलाइन नेपाल
२३ मंसिर २०७६, सोमबार १७:०३

हेटौंडा । प्रदेश नं ३ सरकारले जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा प्रदेश ३ का पदक विजेता खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने निर्णय गरेको छ। प्रदेश ३ को सोमबा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश नं ३ सरकारको सोमबार बसेको बैठकले स्वर्ण ल्‍याउने पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत ल्‍याउने खेलाडीलाई जनही ५० हजार र कास्य ल्याउने खेलाडीलाई २५ हजारसहित सम्‍मान र प्रोत्साहन गर्ने भएको प्रदेश ३ का प्रेस रजिस्ट्रार रेवती सापकोटाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*