नेकपा हेटौंडा नगरका अध्यक्ष र सचिवले लिए सपथग्रहण

बाइलाइन नेपाल
२३ मंसिर २०७६, सोमबार १६:५३

हेटौंडा । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकताका क्रममा हेटौंडा उपमहानगरपालिका अन्र्तगतका १९ वटा वडाका अध्यक्ष र सचिवको आज सपथग्रहण भएको छ ।

एकतापछि बनेको नेकपा हेटौंडा नगर वडा कमिटीमा रहेका अध्यक्ष र सचिवलाई पार्टीका केन्द्रीय सदस्य कुमारी मोक्तानले सपथग्रहण गराएकी हुन् । हेटौंडा आयोजित कार्यक्रममा उनले दुवै पार्टीको एकताबाट चयन भएका वडाको नेतृत्वलाई सपथग्रहण गरिएको हो ।

उनले सपथग्रहण गराउँदै पार्टीको मुख्य जग भनेकै वडा भएकाले क्रियाशिल र मजबुद बनाउन नेतृत्वतहले ध्यान दिनुपर्ने बताइन् । पार्टी एकलाई फितलो रुपमा नलिन आग्रह गर्दै केन्द्रीय सदस्य मोक्तानले सबैले आआफ्नो स्थानबाट जिम्मेवारी पुरा गर्न लाग्नुपर्ने उल्लेख गर्नि ।

मुलुकलाई सम्मृद्ध बनाउने जिम्मेवारी नेकपालाई जनताले दिएकाले यसलाई पुरा गर्न पार्टी पंक्ती एकजुट भएर लाग्नुको विकल्प नभएको मोक्तानको भनाइ छ ।
यसअघि हेटौंडा नगर कमिटी एकसय एक सदस्यीय चयन भइसकेको छ । जसमा ३८ सदस्यीय सचिवाल गठन गरिएको छ । वडा अध्यक्ष र सचिव चयन भएपनि सदस्य भने बाँकी रहेको छ । प्रत्येक वडामा ३५ सदस्यीय कमिटी चयन हुने जनाइएको छ ।

नेकपाका नगर अध्यक्ष रघु आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य कुमारी मोक्तान रहेकी थिइन् । कार्यक्रममा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेताहरु बलराम बल, श्रीधर पोखरेल, एकलाला श्रेष्ठ, प्रमिला पुलामी, कमानसिं पाख्रिन, मिना लामा, विष्णु ढकाल, नविन सिग्देल, विवेक राईलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*