कैलाश गाउँपालिकाको कार्यालय भवन निर्माण हुने

बाइलाइन नेपाल
२२ मंसिर २०७६, आईतवार ०९:२०
फाइल तस्वीर

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आफ्नै भवन निर्माण गर्ने भएको छ । चार करोड २५ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।

पालिकाको भवन निर्माण गर्नका लागि टेण्डर गर्ने अन्तिम तयारी गरिएको छ । भवन निर्माण गर्नका लागि जिल्ला समन्वय समिति मकवानपुरले एक करोड, गाउँपालिकाले चालु आर्थिक वर्षको वजेटमा ५० लाख रुपैयाँ छुट्याएको छ । वहुवर्षिय ठेक्का लगाएर भवन निर्माण गर्न लागिएको वताउँदै अध्यक्ष मोक्तन भन्नुहुन्छ–‘दुईवर्ष भित्रमा आफ्नै भवन निर्माण गरेर सर्ने तयारी छ । आउँदो वर्ष पनि वजेट छुट्याएर काम गर्ने तयारीमा छौ ।’

यसैगरी कैलाश गाउँपाकिलाको वडा नम्बर ४, ३, ७, ६, १०, १, २ र ५ वडा कार्यालयको भवन निर्माणको काम सकिएको उहाँले वताउनुभयो । आफु निर्वाचित भएर आएपछी पहिले वडा कार्यालय भवन वनाइएको र पछी गाउँपालिकाको भवन निर्माण गर्न लागिएको हो । धेरैखालका सेवाहरु वडाबाटनै हुने भएकाले पहिले वडालाई प्राथमिकता दिइएको हो । पहिले नामटार र भार्तामा मात्र वडा कार्यालयको भवन थियो । अहिले भने सवै वडामा वडा कार्यालय भवन निर्माण गरिसकिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*