पदमपोखरीमा नागरिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम

बाइलाइन नेपाल
१६ मंसिर २०७६, सोमबार २०:४३

हेटौंडा । अन्तरपुस्ता समानता, बलात्कार विरुद्धको एक्यवद्धता भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत हेटौडा १२ मा नागरिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर एवं सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक सेवा केन्द्र पशुपतिनगरको संयुक्त आयोजनामा भएको कार्यक्रममा महिला हिंसा विरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।

हेटौडा १२ महिला सेवा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रम महिला हिंसा अन्त्यका बारेमा विभिन्न वक्ता हरूले आफ्नो धारणा राखेका थिए।

सामुदायिक सेवा केन्द्र मकवानपुरका उपाध्यक्ष विनोद लामिछानेको सभाध्यक्षता ३ प्रदेशका प्रहरी वरिष्ठ उपरिक्षक किशोर कुमार दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेश सिंह, हेटौडा १२ का वडा अध्यक्ष ललित घलानको विशेष आथित्यता रहेको थियो।

अन्य अतिथिमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख अरुण कुमार कुशवाह,महिला सेवा केन्द्रकी सचिव आचल शर्मा, हेटौडा उपमहानगरपालीकी महिला तथा बाल विकास शाखा की सरिता अधिकारी,उपभोक्ता मंच नेपाल मकवानपुरकी सदस्य बिमला थिगं लगाएतको उपस्थिति रहेको थियो।

महिला सेवा बचत तथा रिण सहकारी संस्था, ग्रामीण महिला विकास,प्लान इन्टरनेशनल नेपाल,सामुदायिक प्रहरी उपकेन्द्र पदमपोखरीको सहयोगमा भएको कार्यक्रम हेटौडा उपमहानगरपालीका वडा नं. १२ ले व्यवस्थापन गरेको थियो।

कार्यक्रमलाई ३ नं।प्रदेश वरिष्ठ प्रहरी उपरिक्षक किशोर कुमार दाहाल,जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख मुकेश सिंह,सामुदायिक सेवा केन्द्र मकवानपुरका सदस्य कपिल अर्यालले सहजिकरण गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*