उपनिर्वाचन : नतिजा आउनुअघि नै काँग्रेसले लगायो धाँधलीको आरोप

बाइलाइन नेपाल
१४ मंसिर २०७६, शनिबार २०:५१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले निर्वाचन परिणाम नआउँदै उपनिर्वाचनमा धाँधली भएको आरोप लगाएको छ । शनिबार साँझ काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरि वर्तमान सरकारको उपनिर्वाचन समेत धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नसकेको बताए ।

‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भय र धाँधली रहित वातावरणमा सम्पन्न गराउने प्रमुख दायीत्व सरकारको हो । नेपाली काँग्रेसले विगतमा आफ्नो संभावित पराजयको आंकलन गरिरहँदा पनि निष्पक्ष निर्वाचन सम्पन्न गराएको थियो । तर वर्तमान सरकारको भूमिका निश्चीत स्थानका उप निर्वाचनमा समेत त्यो ढंगको हुन नसक्नु दुःखद त छ नै हाम्रो लोकतान्त्रिक अभ्यासको भविष्यका लागि समेत प्रतिकुल देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

काँग्रेसले मतदाता र उपनिर्वाचनमा खेटेका कर्मचारीलाई धन्यवाद समेत दिएको छ । यता सरकार पक्षबाट आफ्नो पार्टीलाई विजय गराउने ध्याउन्नमा सत्ताको दुरुपयोग काँग्रेस सभापति शेरबहादुर देउवाको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ । देउवाले प्रतिकुल वातावरणमा मतदानमा सहभागी सवै मतदाताप्रति आभार प्रकट गरेका छन् ।

मतगणना लगायतको बाँकी कार्य व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगलाई देउवाले आव्हान गरेको जनाइएको छ । साथै सभापति देउवाले मतपेटीका संकलन र मतगणनाको कार्यमा विशेष सर्तकता अपनाउन कार्यकर्तालाई अपिल गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*