सन्देश ईन्टरनेशनल अर्वाड मलेसियामा हुने

बाइलाइन नेपाल
१४ मंसिर २०७६, शनिबार २०:३२

हेटौंडा । हेटौंडामा रहेको सामुदायिक सञ्चार समूहको आयोजनामा मलेसियाको क्लालालम्पुरमा सन्देश ईन्टरनेशनल अर्वाड–२०२० हुने भएको छ ।

एनआरएन मलेसिया र नेपाली राजदूतवास मलेसियासंगको सहकार्यमा मलेसियाको क्वालालम्पुरमा हुने अर्वाड कार्यक्रममा बिभिन्न १० विधामामा १० जनालाई अर्वाड प्रदान गरिने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।

कार्यक्रममा भिजिट नेपाल–२०२० सम्बन्धी महत्वपुर्ण अन्तक्रिया, नेपालको पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न डकुमेन्ट्री प्रदर्शन र नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई सफल बनाउन “देश फर्किउ, देश बनाऔं” सन्देश दिने डकुमेन्ट्री पनि प्रदर्शन गरिने सामुदायिक सञ्चार समूहका अध्यक्ष सुनिल खड्काले बताए ।

कार्यक्रममा नेपाल बाहेक जापान, दुबई, अमेरिका, थाईल्याण्ड, सिङ्गापुर, चाईना सहित बिभिन्न देशबाट सहभागिता हुने खड्काले जानकारी दिए । २०७६ पुसको पहिलो साता हुने कार्यक्रममा मलेसियाका बिभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, उद्योगीरव्यवसायी गरी करिब ४ सय जनाको सहभागी हुने खड्काले बताए ।

कार्यक्रममा नेपालबाट अर्वाड पाउने व्यक्ति, बिज्ञापनदाता, सञ्चारकर्मीहरु, राजनैतिक दलका नेता, सांसद, बिभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, उद्योगी÷व्यवसायी लगायतका व्यक्तित्वहरु सहभागी हुने पत्रकार सम्मेलमा जानकारी दिईएको छ ।

साथै सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित रेडियो सन्देश १०६.९ मेगाहर्जले गतबर्ष झैं यसबर्ष पनि बिज्ञापनदाताहरुलाई मलेसिया र सिङ्गापुर दुुई देश निःशुल्क भ्रमण गराउने भएको छ ।

रेडियो सन्देशले बिशेषगरी बिज्ञापनदाताहरुलाई लक्षित गरेर बम्पर अफर घोषणा अध्यक्ष खड्काको भनाई छ । बार्षिक रुपमा नियमित बिज्ञापन दिने बिज्ञापनदाताहरुको व्यवसाय प्रवद्र्वन र बिज्ञापनदातासंग दीर्घकालिन सम्बन्ध स्थापित गर्न देशमा नैं पहिलो पटक फरक सोचकासाथ बम्पर अफर घोषणा गरेको उनले बताए ।

एक बर्षसम्म नियमित रेडियोमा बिज्ञापन प्रशारण गर्ने बिज्ञापनदातालाई बिदेश भ्रमणमा लैंजाने रेडियोले उद्घोष गरे अनुसार रेडियोले गतबर्ष पनि थाईल्याण्डको बैंकक, पतैंया, आईल्याण्ड लगायत ऐतिहासिक पर्यटकिय स्थलहरुको निःशुल्क भ्रमण गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*