हेटौंडा क्याम्पसमा कलम उपहार दिएर नवआगन्तुक विद्यार्थीको स्वागत

बाइलाइन नेपाल
१३ मंसिर २०७६, शुक्रबार १८:३७

हेटौंडा । हेटौडा क्याम्पसमा अध्ययनरत विद्यार्थीले नवआगन्तुक विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका छन् । स्नातक पहिलो वर्षका विद्यार्थीहरुलाई स्नातक दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई खादा, टिका लगाएर कलम उपहार दिइएको थियो । क्याम्पस सञ्चालक समिति, जनप्रतिनिधि, क्याम्पस प्रमुख, लगायतले नयाँ विाद्यार्थीलाई कलम उपहार दिएर क्याम्पसमा स्वागत गरेका थिए । सो अवसरमा मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

अध्ययनरत् विद्यार्थी अभिर मैनालीमने अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका निर्वतमान अध्यक्ष श्रीचन्द्र शर्मा रहेका
थिए ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष आन्नद पराजुली, कोषाध्यक्ष कमानसिं पाख्रिन, हेउमनपा ४ न वडा अध्यक्ष नवीन सिग्देल, क्याम्पस प्रमुख देवचन्द्र मान्नधर, सहायक क्याम्पस प्रमुख देवीराम लामा, स्ववियु सभापति उमेश पुरी, प्राध्यापक संघका अध्यक्ष भुपेन्द्र कोईरालालगायतको सहभागिा रहेको
थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*