सिमा अतिक्रमण विरुद्ध राप्रपाको युवक संगठन सडकमा उत्रने

बाइलाइन नेपाल
१२ मंसिर २०७६, बिहीबार २०:२७

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर सम्बद्ध जनबर्गिय संगठनको आज बसेको आकस्मिक बैठकले सिमा अतिक्रमण गर्दै भारतले हालै जारी गरेको नक्साप्रती घोर आपत्ती प्रकट गरेको छ ।

पार्टीका सहायक महामन्त्री राजाराम बर्तौला र हेटौंडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटाको बिशेष उपस्थितिमा बसेको बैठकले मुलुकको स्वाभिमान र स्वाधिनतामा कोहि कसै सङ्ग कुनै पनि हालतमा सम्झौता हुन नसक्ने निष्कर्ष निकालेको छ । आफ्नो देशको भुभाग एक इन्च पनि तलमाथि हुन नदिने भन्दै बैठकले सरकारको ध्यानाकर्षण गर्ने र बिस्तारबादिहरुलाई खबरदारी गर्ने निर्णय गरेको छ ।

बैठकले आगामी मङ्सिर १५ गते हेटौंडामा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको युबक संगठनका नेता भृगु कार्कीले जानकारी दिए । राष्ट्रिय प्रजातान्त्रिक युबक संगठनका मकवानपुर अध्यक्ष शुक्र प्रजाले भने – सरकार गम्भीर देखिएन,अब आन्दोलनको बिकल्प छैन, हामी सडकमा आउछौ ।

बैठकमा बोल्दै पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले मुलुक आत्मसमर्पणबादीहरुले संचालन गरिरहेको भन्दै नयाँ पुस्ताले गौरबशाली ईतिहास र स्वाभिमानको निमित्त खबरदारी गर्नुपर्नेमा जोड दिए । नगर अध्यक्ष सापकोटाले पार्टीको तर्फबाट पुर्ण सहयोग हुने भन्दै कार्यक्रमको व्यापक तयारिमा जुट्न आग्रह गरे ।

बैठकमा राष्ट्रिय युबा मोर्चाका सुन्दर बिक्रम शाही, महिला संगठनका बालकुमारी डल्लाकोटी, विद्यार्थी संगठनका प्रकाश चौलागाईं, ट्रेड युनियन, शिक्षक परिषद् ,भुपु प्रहरी संगठन, किसान संगठनका प्रमुख र प्रतिनिधिहरुको सहभागीता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*