इन्सेकको परियोजना बारे जनप्रतिनिधिलाई जानकारी

बाइलाइन नेपाल
१० मंसिर २०७६, मंगलवार १८:४२

हेटौंडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मकवानपुरको मनहरी गाउँपालिकामा सञ्चालन गर्ने तीनबर्षे परियोजनाबारे गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई जानकारी गराएको छ ।

इन्सेकले गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, गाउँपालिकाका ९ वटै वडाका अध्यक्षहरु, शिक्षा, स्वास्थ, कृषि शाखाका प्रमुख, बिद्यालयका प्रध्यानाध्यापक, पत्रकारलगाएत स्थानीय सामाजिक क्षेत्रका व्यक्तिहरुलाई भेला गराई परिचयात्मक कार्यक्रममार्फत परियोजनाबारे जानकारी गराएको हो ।

इन्सेकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका गरी दुइवटा स्थानीय तहमा तीनबर्षे परियोजना सञ्चालन गर्न लागेको हो । इन्सेकले स्थानीय जनतालाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तर्गत इन्सेकले मनहरीमा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारको क्षेत्रमा पैरवी गर्नेगरी तीनबर्षे कार्यक्रम सञ्चालन गर्न लागेको परियोजना संयोजक गणेश भण्डारीले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले गाउँपालिकाका जनताहरुको शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकार सुनिश्चितताको लागि संधै प्राथमिकतामा राख्ने गरेको बताउनुभयो । गाउँपालिकाको ३० प्रतिशत क्षेत्र विकट र उक्त क्षेत्रका मानिसहरुमा चेतनाको स्तरसमेत न्यून रहेकोले परियोजना सञ्चालनको क्रममा त्यस्ता नागरिकको चेतना स्तरलाई माथि उठाउने गरी काम गर्न सुझाव दिए ।

कार्यक्रममा पशुपति माबि हाँडिखोलाका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतमले राज्यले निशुल्क शिक्षा भनिरहँदा दरबन्दी र शिक्षकको अभावले बिद्यालय निजी स्रोतबाट सञ्चालन गर्नुपरेको बताउनुभयो । परियोजना संयोजक गणेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सहजकर्ता सरीता दाहालले सहजीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*