राप्रपा मकवानपुरले एक महिने विशेष अभियान गर्ने

बाइलाइन नेपाल
१० मंसिर २०७६, मंगलवार १८:२९

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले १ महिने विशेष संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ । राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारिको अध्यक्षतामा आज हेटौंडामा बसेको बैठकले मङ्सिर २१ गते देखि पुस २१ गते सम्म विशेष अभियान संचालन गर्ने निर्णय गरेको हो ।

पार्टीका सह महामन्त्री दिपक बहादुर सिंह र सहायक महामन्त्री राजाराम बर्तौलाको पनि उपस्थिति रहेको बैठकले ९ वटा दौडाहा टोलि पनि गठन गरेको छ । टोलिले स्थानीय तहको अधिबेशन , जनबर्गिय संगठनको गठन, पुनर्गठन लगायत काम गर्ने पार्टीका नगर अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए ।

हेटौंडा नगर क्षेत्रमा दिपक बहादुर सिह, बागमती र बकैयामा मधु अधिकारी, नबराज बिष्ट र रामहरि न्यौपाने, मनहरी राक्सिराङमा बालकृष्ण कार्की र सिताराम बर्तौला, गढीमा खिल प्रसाद चौलागाईं , भीमफेदी शिबराम थापा, थाहा नपा,कैलाश र इन्द्रसरोबरमा राजाराम बर्तौला, राम थोकर, पुर्णभद्र चौलागाईं लगायत नेताहरुलाई जिम्मेवारी बैठकले दिएको छ ।

अध्यक्ष अधिकारीले अभियान सकिएपछि जिल्ला अधिबेशनको मिति तय हुने बताए । बैठकमा सह(महामन्त्री दिपक बहादुर सिह र सहायक महामन्त्री राजाराम बर्तौलाले उच्च मनोबलका साथ यो अभियानमा सकृयता पुर्बक लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*