नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड हेटौंडामा, स्थायी राजधानीको विषयमा छलफल

बाइलाइन नेपाल
१० मंसिर २०७६, मंगलवार १०:१४

हेटौंडा । नेकपाका कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हेटौडा आइपुगेका छन् । चितवनबाट आज बिहान प्रचण्ड हेटौंडा आएका हुन् ।
हेटौंडा आएका प्रचण्ड अहिले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवासमा रहेका छन् ।

प्रचण्डले मुख्यमन्त्री पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललगायतसँग छलफल गरिरहेका छन् ।

मुख्यमन्त्री निवास स्रोतका अनुसार प्रदेश ३ को स्थायी राजधानी र नामको विषयमा प्रचण्डले छलफल गरिरहेका छन् ।

मुख्यमन्त्री पौडेलले केही दिन अघि मिति तोकेरै स्थायी राजधानीको टुंगो लाग्ने बताएका थिए ।

मुख्यमन्त्रीसँगको छलफल पछि प्रचण्डले जिल्लाका पार्टी नेता तथा कार्याकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*