अरुलाई गाली गरेर बस्ने छुट नेकपाको सरकारलाई छैनः नेता सुरेन्द्र पाण्डे

बाइलाइन नेपाल
९ मंसिर २०७६, सोमबार १८:०४

हेटौंडा । नेकपाका सचिवालय सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अरु सरकारलाई गाली गरेर बस्ने छुट नेकपाको सरकारलाई नभएको बताएका छन् ।

हेटौंडामा सोमबार पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा नेता पाण्डेले दुई तिहाइको कम्युनिष्ट सरकारलाई अरुले गरेन भनेर बस्ने छुट नभएको बताएका हुन् । उनले मुलुकलाई आर्थिक सम्वृद्धिको यात्रामा लैजाने सुनौलो अवसर नेकपाको सरकारलाई आएकाले काम गरेर देखाउनुपर्ने उल्लेख गरे ।

हिजो अन्य दलका सरकारले काम गरेनन् भन्दै गाली गर्ने संस्कार अझै नेकपामा रहेको उल्लेख गर्दै उनले अरुलाई गाली नगरिकन आफुले काम गरेर देखाउन सके मुलुकमा सम्मृद्धि पनि आउने र जनमतको कदर हुने उनको भनाइ छ ।

देशको अर्थतन्त्र मजबुद बनाउन नयाँ योजना आवश्यक रहेको नेता पाण्डेले बताए । उनले अर्थतन्त्र बलियो नभएसम्म मुलुकमा आर्थिक परिवर्तन सम्भव नभएको र आर्थिक परिवर्तन नभएसम्म सम्मृद्धिको लक्ष्यमा पुग्न नसकिने उल्लेख गरे ।

नयाँ सोचले नयाँ योजना ल्याएर काम गरे मात्र परिवर्तन सम्भव रहेको बताउँदै उनले पुरानो मानसिकताले देशको अर्थतन्त्र बलियो नहुने जनाए । नेकपाको सरकारले अब वृद्धभत्तामा मात्र अल्झन नहुने सुझाव दिँदै पूर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले युवाहरुलाई कसरी देशमै रोजगारी दिने र पार्टी प्रति आकर्षित बनाउने भन्ने ठोस योजना ल्याउनुपर्ने बताए ।

अहिले नेकपाको सिद्धान्त अनुसार पूँजीवादी व्यवस्था र कानून पनि देशमा भएकाले तीब्र रुपमा काम गनुपर्ने पाण्डेको तर्क छ । उनले पूँजीको विकास बिना मुलुकको विकास सम्भव नभएकाले सरकारले त्यही योजना अनुसार काम गनुपर्ने उल्लेख गरे ।

तिनै तहको सरकारले दिनरात नभनी जनताको विश्वास जित्दै देशलाइृ आर्थिक रुपमा रुपान्तरण गनुपर्ने नेता पाण्डेको धारणा रहेको छ । नयाँ योजना र सोचले तिनै तहका सरकारले काम गरेमा नेकपाको योजनाले साथर्क पाउनेमा दुई मत नरहेको उनले उल्लेख गरे ।

कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य कुमारी मोक्तान, प्रदेश ३ का सचिवालय सदस्य अन्नत पौडेल, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला सचिवालयका बद्री लम्साल, कमानसिं पाख्रिन, एकलाल श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*