धादिङमा पाँच जिल्लाका पत्रकारलाई मोबाइल जर्नालिज्म तालिम

बाइलाइन नेपाल
९ मंसिर २०७६, सोमबार ११:३८

हेटौंडा । प्रदेश ३ को सञ्चार रजिष्ट्रचार कार्यालयले मोबाइललाई कसरी पत्रकारितामा उपयोगी बनाउन सकिन्छ भनेर प्रदेशका पत्रकारलाई सिकाउने काम गरिरहेको छ । कार्यालयले दोस्रो पटक आजबाट धादिङमा पत्रकारितामा नवीनतम प्रयोग प्रबर्द्धनका लागि मल्टिमिडिया तथा मोबाइल जर्नालिज्म (मोजो) तालिम आयोजना गरेको छ ।

धादिङको मलेखुमा आयोजना गरिएको तालिममा मकवानपुर, धादिङ,चितवन, रसुवा र नुवाकोटका २० भन्दा बढी पत्रकारको सहभागिता रहेको छ । यसअघि कार्यालयले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका पत्रकारलाई पहिलो पटक मोजो तालिम दिएको थियो । यसमा मोबाइलबाट नै भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने, इडिट गर्ने र मिक्सिङ गरी कार्यक्रम उत्पादन गर्नेलगायतका सपि सिकाइने गरिन्छ ।

सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारिताको दैनिक काममा मोबाइल प्रयोग हुन थालेपछि पत्रकारलाई नयाँ प्रविधि र ज्ञान सीपको आवश्यक्ता पूर्ति गर्न तालीम आयोजना गरेको बताए ।

उनले ग्लोबल जर्नालिज्मको अवधारणालाई आम पत्रकारिता जगतमा पुर्याउन सहयोग पुर्याउने र मोफसलमा रहेर पत्रकारिता गर्ने पत्रकारले आफूलाई लोकल जर्नालिज्म हो भनेर सङ्कुचितरूपमा सोच्ने गरेका कारण अब प्रविधि र मिडियाको प्रयोगको पहँुच असीमित हुने गरेको कारण लोकल नभई ग्लोबल जर्नालिज्म हो भन्ने धारणामा परिवर्तन ल्याउन तालिमले उत्प्रेरण दिने उल्लेख गरे ।

धादिङमा भएको तालिमको उद्घाटन आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले मोबाइलबाट फोटो खिचेर गरेका छन् । तालिमको उद्घाटन गर्दै मन्त्री जम्कट्टेलले व्यवस्था मात्र असल ल्याएर नुहँने उल्लेख गर्दै व्यवहारमा पनि असलपन आवश्यक रहेको बताए । अहिले व्यवस्था ठिक ल्याएपनि व्यवहारमा परिवर्तन नहँदा परिवर्तनको अनुभूमि हुन नसकेको मन्त्री जम्कट्टेलले उल्लेख गरे ।

प्रेस रजिस्ट्रार रेवती सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश ३ का उपाध्यक्ष यदु गौतम, महासचिव कृष्ण सारु मगर, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, प्रहरी उपरीक्षक राजकुमार बैदावार, धादिङको सिद्दलेक वडा ४ अध्यक्ष रामहरि बराकोटी, पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*