मकवानपुरे सञ्चारकर्मी खड्का जापानमा सम्मानित

बाइलाइन नेपाल
८ मंसिर २०७६, आईतवार २०:४२

हेटौंडा । मकवानपुरका सञ्चारकर्मी सुनिल खड्का जापानमा सम्मानित भएका छन् । मकवानपुर–जापान समाजले आज जापानको टोकियो सहरमा एक कार्यक्रमको आयोजना गरि खड्कालाई सम्मान गरेको हो ।

पत्रकारिता तथा सामाजिक क्षेत्रमा कृयाशिल रहि खड्का ले समाजमा पुर्याउनु भएको योगदानको कदर गर्दै खड्कालाई सम्मान गरिएको मकवानपुर–जापान समाजका अध्यक्ष बच्चुराम अर्यालले बताए ।

खड्का अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल स्वकीय सचिव तथा प्रेस सल्लाहकार छन् । एक दशकभन्दा लामो समयदेखि सञ्चारक्षेत्रमा क्रियाशिल हेटौंडामा रहेको रेडियो सन्देश १०६।९ मेगाहर्जका अध्यक्ष र निकास साप्ताहिकको प्रकाशक समेत हुन् ।

स्वास्थ मन्त्री र शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रीको प्रेस सल्लाहकार रहदा खड्काले जिल्लाको समग्र क्षेत्रमा गरेको काम र पत्रकारिताको क्षेत्रबाट समाजमा दिएको योगदानको कदर स्वरुप खड्कालाई प्रवासी नेपालीहरुको सस्था मकवानपुर–जापान समाजले आज एक कार्यक्रमका बिच सम्मान गरेको समाजका महासचिव श्रीराम रिजालले जानकारी दिए ।

कार्यक्रममा भिजिट नेपाल २०२०, नेपालाको समग्र शैक्षिक अवस्था, नेपालमा रोजगारीको संभावना र अवसर लगायतका बिषयमा बृहत अन्तर्कृया पनि गरिएको थियो ।

जापानमा बस्दै आएका मकवानपुर जिल्लाबासीहरुको सस्था मकवानपुर जापान समाजले प्रवासमा समस्या परेका नेपालीहरु लाई सहयोग गर्ने, नेपालमा परेको प्राकृतिक बिपत्तिमा सहयोग गर्ने, लगायतका विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

भविष्यमा नेपालमै स्वरोजगारमुखी कार्यक्रमहरु संचालन गरि युवाहरु लाई बिदेश जान रोक्ने लक्ष्य लिएको यो सस्था जापानको कृयाशिल सस्था हो ।
खड्का एसिया र युरोप मुलुकका प्रशारक सस्थाहरुको सम्मेलन (56th Asia-Pacific Broadcasting Union General Assembly and Associated Meetings) मा सहभागी हुन जापान गएका हुन् । कार्यक्रम मकवानपुर जापान समाजका अध्यक्ष बच्चुराम अर्यालको अध्यक्षता सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*