बालाचतुर्दशीः हेटौंडाको पशुपति मन्दिरमा भक्तजनको घुँइचो

बाइलाइन नेपाल
८ मंसिर २०७६, आईतवार २०:१०

हेटौंडा । यस वर्ष बालाचतुर्दशीका अवसरमा हेटौंडाको पशुपतिमा बत्ती बाल्न आउने भक्तजनको घुँइचो लागेको छ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बत्ती बाल्ने र दर्शन गर्न आउने भक्तजनका कारण पशुपतिमा घुँइचो लागेको हो ।

पशुपति मन्दिरसँगै गोरक्षेश्वर मन्दिरमा पनि भक्तजनको बाक्लो उपस्थिति रहेको छ । पशुति मन्दिरको प्राङ्गणमा बत्ती बाल्नका लागि पशुपति विकास समितिले व्यवस्थित रुपमा बस्ने स्थानको व्यवस्था गरेको छ । भक्तजनका लागि त्रिपाल पनि टागिएको छ । मन्दिर प्राङ्गण भित्र कुनै पनि वस्तु बिक्रीका लागि राख्न दिइएको छैन ।

दिवङ्गत पितृको नाममा आइतबार रातभरी बत्ती बाल्ने बिहानीपख सतबिज छर्ने परम्परा रहेको छ । भक्तजनको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । सुरक्षा अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह पशुपति मन्दिर पुगेका छन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बत्ती बाल्ने शास्त्रीय विधि छ । चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व सम्पन्न हुन्छ । यस अवसरमा भक्तजनले पशुपतिलगायत देशभरका शिवालयमा बत्ती बाली चतुर्दशीका दिन बिहान शत्बीज छर्छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*