लोकतन्त्रमा पनि पत्रकार असुरक्षितः महासंघ

बाइलाइन नेपाल
८ मंसिर २०७६, आईतवार ०९:२७

हेटौंडा । लोकतन्त्रमा पनि पत्रकार असुरक्षित भएको नेपाल पत्रकार महासंघ प्रदश ३ ले आज हेटौंडामा आयोजना गरेको कार्यक्रममा जनाइएको छ ।

महासंघ प्रदेश ३ ले अन्र्तराष्ट्रिय दण्डहिनता विरुद्धको दिवसको अवसरमा हेटौंडामा आयोजना गरेको प्रेस स्वतन्त्रता र्यालीलाई सम्बोधन गर्ने सञ्चारकर्मीले लोकतन्त्रमा पनि सञ्चार क्षेत्रमाथि खतरा कायमै रहेको बताएका हुन् ।

हेटौंडाको सिमाचोकबाट सुरु भएको र्याली बुद्धचोक हुँदै फेरि सिमा चोक आएर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, मकवानपुर शाखाका पूर्व अध्यक्ष राममणि दाहालले अहिले पनि पत्रकारमाथि जोखिम रहेको बताए । कार्यक्रममा मकवानपुरका सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*