संस्थागत विद्यालय कोषमा सूचिकृत हुनुको विकल्प छैनः सरोकारवाला

बाइलाइन नेपाल
७ मंसिर २०७६, शनिबार २०:५६

हेटौंडा । संस्थागत विद्यालय शिक्षक युनियन ( इस्टु) , जिल्ला समन्वय समिति मकवानपुर तथा नगर समिति हेटौँडाको संयुक्त आयोजनामा ‘सामाजिक सुरक्षा कोष  किन र कसरी ?’ विषयक अन्तरक्रिया कार्यक्रम हेटौँडामा भएको छ ।

इष्टु मकवानपुरका अध्यक्ष सचिन लामाको अध्यक्षता तथा क्ष्क्त्ग् राष्ट्रिय समिति अध्यक्ष होमकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारी, उपनिर्देशक रोहित रेग्मी, इष्टु राष्ट्रिय समितिका प्रमुख सल्लाहकार इन्द्रराज भट्टराई, नेपाल राष्ट्रिय अभिभावक सङ्घ, मकवानपुरका उपाध्यक्ष भरत दुलालको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा इष्टु राष्ट्रिय समिति उपमहासचिव भवानी पराजुली, राष्ट्रिय समिति सचिव दीपक गौतम, राष्ट्रिय समिति सदस्यहरू श्यामबहादुर छत्कुली, सुदिप बर्तौला, प्याब्सनका केन्द्रीय सदस्य मदन दहाल, नेपाल शिक्षक महासङ्घ, हेटौँडा नगर समितिका अध्यक्ष दीपक अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अन्तरक्रियात्मक उक्त कार्यक्रममा मकवानपुरका विभिन्न संस्थागत विद्यालयका ५० जना शिक्षक कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरू सबैले सरकारले श्रमिकको हितमा ल्याएको सामाजिक सुरक्षा कोषमा सम्पूर्ण संस्थागत विद्यालयहरू सूचीकृत हुनुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।

कार्यक्रमका वक्ताहरूले उपस्थित शिक्षक कर्मचारीका जिज्ञासाको जवाफ प्रस्तुत गरेका थिए । वर्तमान सरकारले निजी क्षेत्रमा कार्यरत श्रमिक मजदुरलाई योगदानमा आधारित निवृत्तिभरण प्रदान गर्ने योजनाका साथ गत २०७५ मङ्सिर ११ गते मुलुक नयाँ युगमा प्रवेश गरेको घोषणा गरेको थियो । गत कार्तिक १४ गते म्याद थप भएअनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने म्याद यही मङ्सिर १४ गतेसम्म रहेको छ ।

हालसम्म मकवानपुरका लगभग ८५ संस्थागत विद्यालयमध्ये १२ वटा विद्यालयमात्र कोषमा दर्ता भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*