हेटौंडा जेसीजको दौडमा कार्कीले जिते उपाधि

बाइलाइन नेपाल
७ मंसिर २०७६, शनिबार २०:००

हेटौंडा । हेटौंडा जेसीजको आयोजनामा शनिबार हेटौंडामा भएको ५ किलोमिटर खुल्ला दौडको उपाधि सुवास कार्कीले जितेका छन् । प्रतियोगितामा सहभागी ९६ जनालाई पछाडि पार्दै कार्की पहिलो भएका हुन् ।

उनले उक्त दुरी १५ मिनेट ५० सेकेण्डमा पूरा गरेका थिए । दोस्रो भएका ओम जोशीले १६ मिनेट १५ सेकेण्ड र तेस्रो भएका महेश मोक्तानले १६ मिनेट २९ सकेण्डमा दुरी पूरा गरेका थिए । हेटौंडा जेसीजले जेसीज सप्ताह अन्तरगतको पहिलो कार्यक्रम अन्तरगत दौड प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा विजेता तथा सहभागीहरुलाई प्रदेश ३ को प्रदेशसभा सदस्य मुनु सिग्देल, हेटौंडा जेसीज वर्ष २०१९ का अध्यक्ष सन्देश डीसीलगायतले पुरस्कार वितरण गरेका थिए । प्रथम, द्वितीय र तृतीय स्थानमा रहेका खेलाडीलाई क्रमशः नगद ८ हजार, ६ हजार र चारहजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण प्रदान गरिएको थियो । दौडमा सहभागी एकमात्र महिला धाविका सुजिता थापालाई नगदसहित सम्मानित गरिएको थियो ।

यसैगरी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज जेसीआई हेटौंडा र बैंकर्सहरुबीच फुटल प्रतियोगिता भएको थियो । जेसीआई हेटौंडाले बैंकर्सलाई ६–५ गोलअन्तरले पराजित गरेको थियो । हेटौंडा जेसीज वर्ष २०१९ का अध्यक्ष सन्देश डिसीको अध्यक्षता तथा तीन नम्बर प्रदेशको प्रदेश खेलकुद परिषद्का सदस्य माधव तिमल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्षहरु अञ्जनी पराजुली, धर्मराज बानियाँ, कृष्णबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो । फुटसल कार्यक्रमको संयोजक रितेश ढकालको संयोजनमा कार्यक्रम भएको जेसीज सप्ताह मूल कार्यक्रम संयोजक एवम् कार्यकारिणि उपाध्यक्ष दिपेश जोशीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*