महायज्ञको पाँचौं दिन ३५ लाख संकलन

बाइलाइन नेपाल
७ मंसिर २०७६, शनिबार १९:१४

हेटौंडा । हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि मंसिर ३ गते मंगलबारबाट लगाइएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पाँचौं दिन ३५ लाख रुपैँया संकलन भएको छ ।

पण्डित दिनबन्धु पोखरेलले बाचन गरिरहेको सप्ताह महायज्ञको चौथो दिनसम्ममा ५२ लाख ५ हजार र संकलन भएको र आज शनिबार ३५ लाख रुपैयाँ गरी ८७ लाख रुपैयाँ संकलन भएको लेखा समिति संयोजक विनोद घिमिरेले जानकारी दिए ।

मंसिर ३ गते उद्घाटनका दिन २२ लाख ५० हजार, मंसिर ४ गते ५ लाख, मंसिर ५ गते बिहिबार ४ लाख ५५ हजार रुपैँया, ६ गते शुक्रबार २० लाख र आज शनिबार ३५ लाख रुपैयाँ गरी ८७ लाख रुपैयाँ संकलन भएको लेखा समिति संयोजक घिमिरेले जानकारी दिए ।

शनिबार ठूलो रकम सहयोग गर्नेमा हेटौंडा १८ मा रहेको गोक्षश्वर सामुदायिक वन उपभोक्ता समितिबाट १५ लाख, खिलाप्रसाद खतिवडा र रामचन्द्र खतिवडाको तर्फबाट ११ लाख रकम बराबरको ११ धुर जग्गा, हेटौंडा १८ की गीताकुमारी तिमल्सिनाबाट १ लाख ११ हजार, पुष्प थापाबाट १ लाख, सुदर्शन खतिवडा १ लाख ११ हजार रुपैयाँ संकलन भएको घिमिरेले जानकारी दिए ।

मंसिर ३ गतेबाट मंसिर १० गतेसम्म संचालन हुने श्रीमद् भागवत सप्ताह महायज्ञबाट उठेको रकमले गोरक्षनाथ माविमा प्राविधिक शिक्षा संचालन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिए । सांसद इन्द्रबहादुर बानियाँ संयोजक रहेको महायज्ञबाट करिब २ करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*