डेढ करोड लगानीमा मकवानपुरको फाखेलमा प्रहरी चौकी

बाइलाइन नेपाल
४ मंसिर २०७६, बुधबार २०:३३

हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ४ फाखेलमा प्रहरी चौकीको भवन निर्माण भएको छ । फाखेल प्रहरी चौकीको भवन निर्माण पुरा भएपछि आज बुधबार उद्घाटन गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको एक करोड ५७ लाख ६ हजार ५ सय ५५ रुपैँया लागतमा निर्माण भएको भवनको प्रदेश ३ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा इन्द्रसरोबर गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामा, नेपाल प्रहरी प्रदेश ३ श्रीमती संघकी अध्यक्ष लक्ष्मी बस्नेत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालय हेटौडाका निर्देशक कमल थापा, प्रदेश ३ सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेका निमित्त गणपति प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकाल, इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोक बहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत मदन लामा,इन्द्रसरोवार– ४ नम्बर वडाका वडाध्यक्ष धनविर स्यांतान, वडा नम्बर १ का वडाध्यक्ष जमानसिं लामा, वडा नम्बर ५ का वडाध्यक्ष धनराज महर्जन लगायतको सहभागिता रहेको थियो ।


वडा नम्बर ४ का अध्यक्ष धनविर स्याङतान तथा मानविर स्याङतान, भिम बहादुर स्याङतानले चौकी निर्माण गर्न जग्गादान गरेका थिए । भवन पवित्र मल्टिपल कन्स्ट्रक्सनले निर्माण गरेको हो । जग्गादाता र निर्माण कम्पनीलाई प्रमुख अतिथि ३ प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बस्नेतले प्रशंसापत्रले सम्मान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*