गैरजिम्मेवार सरकार विरुद्ध खबरदारी गरौंः कुमारी मोक्तान

बाइलाइन नेपाल
८ कार्तिक २०८१, बिहीबार १२:४०

हेटौंडा । दशैँ, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरुको अवसरमा नेकपा माओवादी केन्द्रका तीन भातृ संगठन वाईसिएल नेपाल मकवानपुर, अखिल (क्रान्तिकारी) मकवानपुर र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशकी पूर्वसामाजिक विकास मन्त्री कुमारी मोक्तानले वर्तमान सरकारले जनभावना अनुरुप काम गर्न नसकेको बताइन् । उनले वर्तमान सरकार देश र जनताप्रति उत्तरदायी हुन नसकेको बताउँदै खबरदारी गर्न आग्रह गरिन् । देश र जनतालाई परेको समस्यालाई बेवास्ता गर्दै सरकार रमाईलो गरिरहेको उल्लेख गर्दै प्रमुख अतिथि मोक्तानले त्यसको खबरदारी गर्न माओवादीले कात्र्तिक १० गते काठमाडौंमा प्रर्दशन गर्न लागेको बताइन् ।

कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले देशमा सरकार भए नभएको सर्वसाधरणले अनुभूति गर्न नसकेको बताए । देशमा प्राकृति प्रकोप आउँदा सरकार गैरजिम्मेवार बनेपनि माओवादी केन्द्र जनताको दुःखमा पुगेको बताए ।  सरकारबाट जनताले कुनै आशा र भरोसा नगरेको उल्लेख गर्दै देशलाई उधो गतितिर लैजाने सरकारको विकल्प खोजी हुनथालेको उल्लेख गरे ।

उनले सरकारले सय दिन मनाइरहँदा जनता निराशाको भुमरीमा रहेको बताए । दुई तिहाइको सरकारले फाइल बन्द गर्दै बिचौलियासँग रमाईरहेको उल्लेख गर्दै गौतमले सरकारविरुद्ध आआफ्नो ठाउँबाट विरोध सुरु गर्न आग्रह गरे । ।

वाईसीएल नेपाल मकवानपुर अध्यक्ष मुक्ति लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तुु),प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्ष बालकृष्ण दाहाल, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष जयराम रायमाझीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अखिल (क्रान्तिकारी) मकवानपुर अध्यक्ष वुुद्धराज अर्यालले संचालन गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु प्रह्लाद लामिछाने, प्रमिला पुलामी, मानकुमारी पाख्रिन, प्रदेश कमिटीका सर्केश घलान,बालकुमार मल्ल, लक्ष्मी पाख्रिन, विवेक राइ, जीवन गोले, शुभरत्न गोले, जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीरबहादुर घलान, अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव प्रदिप अर्याल, वाईसीएल केन्द्रीय सचिव सुमन पाख्रिनलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*