मर्मतका लागि हेटौंडा–कुलेखानी मार्ग बन्द

बाइलाइन नेपाल
२ कार्तिक २०८१, शुक्रबार १६:०७
फाइल तस्वीर

हेटौंडा हुँदै काठमाडौं जाने छोटो दूरीको दुईवटा बाटो ३ दिनका लागि बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित बाटोको मर्मत तथा ह्युमपाइप हाल्ने काम भइरहेकाले शुक्रबारदेखि ३ दिन सडक अवरुद्ध हुने भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट कुलेखानी फाखेल र सिस्नेरी हुँदै काठमाडौं जाने सडकका लागि अन्य बाटो प्रयोग गर्न यात्रुलाई अनुरोध गरिएको छ । काठमाडौंबाट हेटौंडा आउने सवारी साधनलाई भने नरोकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वैकल्पिक बाटोका रूपमा हेटौंडा-भैंसे पालुङ हुँदै काठमाडौं र कान्ति लोकपथको हेटौंडा-ठिंगन हुँदै काठमाडौं रुट प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

असोज ११ र १२ गतेको अविरल वर्षातले कुलेखानीको ड्याम भरिएपछि ढोका खोल्ने क्रममा सिमखोलाको पुलमा असर गरेको थियो । दसैंका लागि वकैल्पिक बाटो बनाएर यस रुटलाई सञ्चालन गरिँदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*