बाढीले मकवानपुरको बकैया-१० का ६ वटा झोलुङ्गे पुलमा क्षति

बाइलाइन नेपाल
२२ आश्विन २०८१, मंगलवार ०६:००

असोजको दोस्रो सातामा आएको बाढीपहिरोले मकवानपुर जिल्लाको बकैया गाउँपालिका-१० का ६ वटा झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ ।

असोज ११ र १२ गतेको अविरल वर्षाले बकैया गाउँपालिका-१० मन्थलीका ६ वटा झोलुङ्गे पुल वाग्मती खोला क्षतिग्रस्त बनाएको हो ।

वाग्मती खोलासँगै जोडिएको मन्थलीको भैटारको झोलुङ्गे पुल वाग्मती खोलाले बगाएर पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ । केराघारी-खयरघारीबीचको झोलुङ्गे पुलको दुवै तर्फको पिलरमात्र बाँकी राखेको र अरु सबै बगाएको ६ नम्बरकी वडाध्यक्ष कमला वाईवाले भनिन् । सिस्ने-लुकुने, धुवाकोट, तिन भंगाले-मजुवा,अम्वास बेंसीकोससहित ६ वटा झोलुङ्गे पुल वाग्मतीको वाढीले क्षतिग्रस्त वनाएको उनले जानकारी दिइन् ।

वाग्मती खोलामा प्युटार—मन्थलीवीच वन्दै गरेको पक्की पुलको पिलरमा पनि क्षति पुगेको छ । उक्त वडाको झोलुङ्गे पुलमात्र होइन धुवाकोट प्रावि र सोलिथुम प्राविको भवन,वडा कार्यालय भवन स्वास्थ्य चौकीको भवन भासिएका छन्।

बाढीपहिरोले गाउँका सबै मोटर बाटो र गोरेटो बाटो क्षतविक्षत बनाएकाले विद्यालयको पठनपाठन ठप्प । यी दुई वटा प्राविमामात्र होइन उक्त वडामा रहेको प्रसिद्ध मावि र शंकर निमाविको पढाई पनि बन्द भएको छ ।

बाढी पहिरोले उक्त वडाका ६ घर बगाएको र ४१ घरधुरी प्रभावित भएको गापाका अध्यक्ष धर्मराज लामिछानेले बताए । वडाको भौतिक संरचनामात्र होइन वाग्मती किनारामा रहेका पाक्न थालेको धान बाली वाग्मतीले नष्ट गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*