मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा गुरागाई

बाइलाइन नेपाल
१८ आश्विन २०८१, शुक्रबार २०:०४

हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा हेटौँडाका भिमसागर गुरागाई नियुक्त भएका छन । प्रतिष्ठानको संयोजकमा पुनः चिरञ्जीवी चुडाल नियुक्त भएका हुन ।

शुक्रबार उपकुलपतिमा प्रा. डा. प्रदीप ज्ञवालीले रजिस्ट्रारमा गुरागाई र संयोजकमा चुडाललाई नियुक्त गरेका हुन । उपकुलपति प्रा. डा. ज्ञवालीले रजिस्ट्रार गुरागाई र संयोजक चुडाललाई शुक्रबार नै सपथ गराएका थिए ।

नेपाली काँग्रेसको कोटामा रजिस्ट्रारमा गुरागाई र नेकपा एमालेको कोटामा संयोजक पुनः दोश्रो कार्यकालका लागि चुडाल नियुक्त भएका हुन । चुडाल मोरङबाट हेटौँडा बसाई सरेर आएका हुन । गुरागाई र चुडालको कार्यकाल चार वर्षको हुनेछ ।

यसअघि प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रदीप ज्ञवालीले शुक्रबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाबाट सपथ ग्रहण गरेका थिए । सपथग्रहण समारोहलगत्तै उपकुलपति प्रा.डा. ज्ञवालीले पदभार ग्रहण गरेका थिए । उनको पनि चार बर्षे कार्यकाल रहेको छ ।

एमालेको कब्जा र एकलौटी नियुक्ती रहेको प्रतिष्ठानमा काँग्रेस–एमालेको गठबन्धन सँगै काँग्रेसको पनि इन्ट्रि भएको छ । प्रतिष्ठानमा कार्यरत अधिकांश कर्मचारी एमालेकै रहेका छन । पछिल्लो समय प्रतिष्ठान एमालेको भर्ति केन्द्रको रुपमा रहदै आएपनि अब समिकरणमा केही परिवर्तन भएको जानकारहरुको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*