बागमतीको प्रतिष्ठान उपकुलपति ज्ञवालीद्वारा सपथ ग्रहण

बाइलाइन नेपाल
१८ आश्विन २०८१, शुक्रबार १४:२५

हेटौंडा । बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदिप ज्ञवालीले आज सपथग्रहण गरेका छन् ।

प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले ज्ञवालीलाई सपथग्रहण गराए । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्रीहरु, सचिबहरु लगायतकाको उपस्थिती रहेको थियो । बुधबार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उपकुलपतिमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। एमालेका तर्फबाट ज्ञवालीलाई नियुक्त गरिएको हो ।

पहिले उपकुलपति रहेका प्राध्यापक डाक्टर विश्वराज जोशीको पदावधि सकिएपछी लामो समयदेखि प्रतिष्ठानमा उपकुलपति नियुक्त हुन सकेको थिएन । बुधबार प्रदेशका मख्यमन्त्री लामाको अध्यक्षतामा भएको बैठकले ज्ञवालीलाई नियुक्तको निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*