वार्षिक शैक्षिक योजना बनाउँदै भुटनदेवी मावि

बाइलाइन नेपाल
६ श्रावण २०८१, आईतवार ०६:३७

हेटौंडा । मकवानपुर जिल्लाकै शैक्षिक क्षेत्रमा अगुवा र उत्कृष्ट सामुदायिक विध्यालय भुटनदेवी माविले एक दिने वार्षिक योजना तथा बजेट निर्माण कार्यशाला–२०८१ सञ्चालन गरेको छ ।

२०८१ सालको एसईई परीक्षामा गुणस्तरमा मकवानपुर जिल्ला कै प्रथम स्थान हासिल गर्न सफल विध्यालयले आगामी २०८१÷०८२ वर्ष अझ व्यवस्थित शैक्षिक योजनासहित अगाडि बढ्न कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालामा भौतिक पूर्वाधारको विकास, शैक्षिक विकास, विध्यार्थीको समग्र विकासको लागि अतिरिक्त क्रियाकलाप र श्रोतको खोजी, परिचालन र पारदर्शीता ४ वटा विषयमा समूह बनाई छलफल गरिएको थियो । छलफल पश्चचात भौतिक पूर्वाधार विकासबारे शिक्षक सरस्वती अधिकारी, शैक्षिक विकास बारे शिक्षक सूर्य घिमिरे, अतिरिक्त क्रियाकलापबारे शिक्षक सुमन श्रेष्ठ र श्रोतको खोजी, परिचालन र पारदर्शीता बारे विध्यालयका बालकृष्ण दाहालले समूहका सुझावहरू प्रस्तुत गरेको विध्यालयका सप्रअ भरत पोखरेलले जानकारी दिए ।

जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक र कर्मचारी सहभागीता रहेको कार्यशालाको उदेश्यबारे विध्यालयका प्रधानाध्यापक माधव दाहालले प्रष्ट पारे । कार्यशालामा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले योजनाबद्व र व्यवस्थित रूपमा शैक्षिक विकास र उन्नयनको लागि अगाडि बढ्न कार्यशाला आयोजना गरिएको बताए । हेटौँडा–४ को वडा अध्यक्ष समेत रहेका सिग्देलले विकासको सबैभन्दा महत्वपूर्ण क्षेत्र शिक्षा भएकोले सामुदायिक र संस्थागत विध्यलय बीचको सहकार्य र प्रतिस्पर्धाद्वारा शिक्षामा गुणस्तर सुधार गर्न वडा कार्यालय लागिपरेको बताए ।

१२ कक्षासम्म अध्ययन हुने यस विध्यालयमा करिव २३ सय विध्यार्थी अध्ययनरत छन् भने सिभिल ईन्जीनियरिङ्ग, व्यवस्थापन, विज्ञान विषय र सिटिभिटी तर्फ ३ वर्षे डिप्लोमा ईन्जिनियरिङ्ग विध्यालयले अध्यापन गराउँदै आएको छ । कार्यशालामा समूहगत छलफलबाट निकालिएको निष्कर्षलाई विध्यालयको आगामी कार्ययोजनाको रूपमा अगाडि बढाउन प्रधानाध्यापक माधव दाहालको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको सहप्रअ भरत पोखरेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*