नेपाल मानव धर्मद्वारा बिमारीलाई फलफूल वितरण

बाइलाइन नेपाल
६ श्रावण २०८१, आईतवार ०६:२४

हेटौंडा । नेपाल मानव धर्म समिति हेटौंडा शाखाले बिमारीलाई फलफूल वितरण गरेको छ । सामाजीक उत्तरदायित्व निर्वाह गर्ने क्रममा समितिले शनिबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा रहेका बिमारीलाई फलफूल वितरण गरिएको हो ।

समितिले अस्पतालमा विभिन्न रोगको उपचार गराई रहेका बिमारीहरुलाई स्वस्थकर फलफूल प्रदान गरेको जनाएको छ । समितिका हेटौंडा क्षेत्र प्रमुख महात्मा पुनित बाईजीको अगुवाईमा बिमारीहरुलाई अस्पतालमै पुगेर फलफूल वितरण गरेको थियो ।

समितिले समाजका विभिन्न क्षेत्रमा सहयोगका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यसअघि समितिले रक्तदान, विपन्न बालबालिकालाई शैक्षिक सामाग्री प्रदानलगायतका सेवा गर्दै आइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*