एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई क्रान्तिकारीको सम्मान

राजकुमार केसी
५ श्रावण २०८१, शनिबार १६:१२

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) मनहरी गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा गाउँपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका बिद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै सामाजिक विकास मन्त्री मोक्तानले विद्यार्थीहरु भविष्यको कर्णधार भएकोले अध्ययनमा विशेष ध्यान दिन आग्रह गरिन् । मन्त्री मोक्तानले समाजको सकारात्मक विकास गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताईन्।

सम्मान कार्यक्रममा मनहरी गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने १ सय १२ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि यस्तो सम्मान कार्यक्रमले थप प्रेरणा मिल्ने बताए ।

अखिल क्रान्तिकारी मनहरी गाउँ कमिटीका अध्यक्ष प्रकाश मिजारको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओवादी केन्द्र मकवानपुर सचिव बिर बहादुर घलान (ज्वाला), बागमती प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, जेष्ठ कम्युनिस्ट मञ्च केन्द्रीय सदस्य रामहरि सुबेदीलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*