अब हेटौंडा उपमहानगरको गुनासो अनलाईनमार्फत्

बाइलाइन नेपाल
१४ फाल्गुन २०८०, सोमबार २०:५३

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले गर्दै आएको काम कारबाहीको बिषयमा अनलाईन तथा फोनमार्फत् गुनासो दर्ता गर्ने स्वचालित प्रणाली सञ्चालनमा ल्याएको छ ।

नगरवासीहरुलाई सेवा प्रवाह, स्थानीय विकास लगायत अन्य विषयहरुमा परेको समस्याको बारे गुनासो गर्न कार्यालय सम्म धाउनु पर्ने अवस्थालाई मध्यनजर गर्दै उपमहानगरले अनलाईन र फोन मार्फत गुनासो सुनुवाईको व्यवस्था मिलाएको हो । गुनासो दर्ताका लागि उपमहानगरपालिकाले सफ्टवयर सञ्चालमा ल्याउँदै घरमै बसेर फोन मार्फत वा इन्टरनेट सेवाको मध्यमबाट गुनासाहरु टिपाउन सक्ने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरका अनुसार इन्टरनेट सेवा मार्फत कार्यालय बाहेकको समयमा पनि gunaso.hetaudamun.gov.np मार्फत लिखित ० र ०५७–५९७००१ फोन मार्फत मौखिक गुनासाहरु रेकर्ड गराउँन सकिने बताइएको छ ।

उपमहानगरका अनुसार अहिलेको लागि नेपाल टेलिकमको टेलिफोन वा मोवाईल सेवा मार्फत गुनासोको भ्वाइस रेकर्ड गराउन सक्ने छन् भने केहि समय भित्रै अन्य सेवा प्रदायकहरुको फोन तथा मोवाईल बाट समेत गुनासो रेकर्ड गराउने सक्ने तयारी भैरहेको उपमहानगरपालिका सूचना शाखाले जनाएको छ ।

पमहानगरले सेवाग्राहीलाई आफ्ना गुनासा दर्ता गराई सेवालाई समस्या रहित बनाउने काममा सहयोग गर्न आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*