लायन्स क्लबको सहयोगमा २५० जनाको आँखाको शल्यक्रिया

राजकुमार केसी
२७ माघ २०८०, शनिबार १९:५३

हेटौंडा । मकवानपुर जिल्ला राईगाउँका ७५ बर्षिय दलबहादुर बिकले मोतियाबिन्दुको शल्यक्रिया पश्चात् नयाँ जीवन पाएको बताए । मोतियाविन्दुका कारण आँखा देख्न छाडेका उनले लायन्स क्लबको सहयोगमा शल्यक्रियामार्फत् आँखा देख्न सक्ने भएपछि उक्त प्रतिक्रिया दिएका हुन् । उनले आँखा परीक्षण शिविर संचालन गर्ने संस्था र आँखा अस्पताललाई धन्यवाद दिए ।

यही माघ २० गतेदेखि ४ दिन बिभिन्न स्थानमा १ हजार ६ सय १७ जनाको आँखा परिक्षण गरी २ सय ५० जना मोतियाबिन्दुको बिरामीहरुको २४ र २५ गते शल्यक्रिया गरि शुक्रबार सबैलाई डिस्चार्ज गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादबले बताए ।

बिरामी डिस्चर्जसंगै समापन कार्यक्रममा ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ प्रथम भाईस डिस्ट्रिक्ट गभर्नर टासी तुम्बाहाम्फे, हेटौडा सामुदायिक आँखा अस्पतालका प्रशासकीय प्रमुख सुशिर श्रेष्ठ, लायन्स क्लबका पूर्व गभर्नर शम्भु नकर्मी, लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष हरिबंश भेटवाल लगायतको आतिथ्यता रहेको थियो ।

मोतियाबिन्दुका बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालका डाक्टरहरु सुनिल थकाली, मोहिनि श्रेष्ठ, एलिना चौहान, सुशिल कुमार सिंहले शल्यक्रिया गरेका थिए ।

लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा माघ २० गतेदेखि सुरु भएको निःशुल्क आँखा परीक्षण सिविर र निःशुल्क मोतियाविन्दुको शल्यक्रिया कार्यक्रमको समापन गर्दै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विभिन्न स्थानमा शिविर संचालन गरि मोतियाविन्दुको बिरामी पहिचान गरि आँखा देख्ने बनाउने लायन्स क्लबको कार्यको प्रशंसा गरिन् ।

समापन कार्यक्रममा आँखा परिक्षण सिविर र मोतियाबिन्दुको शल्यक्रिया कार्यमा सहयोग गर्ने संघ, संस्था र ब्यक्तिहरुलाई सम्मान गरि धन्यवाद ज्ञापन गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका एओजी गौतम केसीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*