दलिय भागबण्डा मिलेपछि भानु माविको अध्यक्षमा खिलप्रसाद

बाइलाइन नेपाल
२० माघ २०८०, शनिबार १७:०४

हेटौंडा । राजनीतिक दलबीच भागबण्डा नमिल्दा विद्यालय व्यवस्थापन समिति चयनमा सकस हुँदै आएको मकवानपुरगढी गाउँपालिका–३ मक्राञ्चुलीमा रहेको भानु माध्यमिक विद्यालयमा अन्ततः नयाँ समिति चयन भएको छ ।

दलिय सहमति जुटेपछि दोस्रो कार्यकालका लागि खिलप्रसाद चौलागाईं विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन् । उनि सोही विद्यालयका पूर्व शिक्षक र अध्यक्ष पनि हुन् ।

समितिको सदस्यहरुमा सन्तु थिङ (पाख्रीन), हेमकुमारी सञ्जेल, लक्ष्मण भट्टराई, दिलिप लोप्चन र रुक्मणी ढुङ्गाना चयन भएको विद्यालयले जनाएको छ । समितिमा ठूला दलका प्रतिनिधि नै रहेका छन् ।

९ सदस्यीय रहने समितिको सदस्य सचीवमा विद्यालयका प्रधानाध्यापक रहनेछन् भने शिक्षकहरुको तर्फबाट एकजना शिक्षक प्रतिनिधि समितिमा रहनेछन् । यसैगरी सम्बन्धित वडाका वडा अध्यक्ष वा प्रतिनिधि पनि समितिमा रहनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*